२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स पश्चिम नवलपरासीको अध्यक्षमा पराजुली

२०८० श्रावण १३, शनिबार प्रकाशित ( साल अघि) १९२१ पाठक संख्या

परासी, १३ साउन । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) पश्चिम नवलपरासीको अध्यक्षमा भोला पराजुली निर्वाचित हुनुभएको छ । नाट्टाको आज भूमहीमा सम्पन्न प्रथम जिल्ला सम्मेलनबाट हेमलक ईण्टरनेशनल टुर्स एण्ड ट्राभल्स भूमहीका सञ्चालक पराजुलीको नेतृत्वमा सर्वसम्मत जिल्ला समिति गठन गरिएको हो।

Bhola Parajuli

नवगठित नाट्टा नवलपरासीको उपाध्यक्षमा नारायण प्रसाद पाण्डे, महासचिवमा कृष्ण ढकाल, कोषाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ तथा सदस्यहरुमा कृष्ण भण्डारी, विकास भण्डारी, नवीन्द्र बस्याल,सुरज पाण्डे लगायत रहनुभएको छ ।
नवनिर्वाचित जिल्ला अध्यक्ष पराजुलीले पर्यटन व्यवसाय अभिवृद्धिका लागि सबैको सहकार्यमा अघि बढ्ने बताउनुभयो । नवलपरासी जिल्ला पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला रहेकोले सबै पर्यटन व्यवसायी मिलेर पर्यटन प्रवद्र्धन गर्दै पर्यटन व्यवसायलाई अभिवृद्धि गर्न लाग्नुपर्ने उहाँको भनाई थियो ।
नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नाट्टा लुम्बिनी प्रदेश समितिका प्रथम उपाध्यक्ष चन्द्र बहादुर थापा, द्धितीय उपाध्यक्ष कुलचन्द्र पाण्डे,कोषाध्यक्ष सुजीत श्रीवास्तव, कार्यकारी सदस्य सीता बस्याल तथा जिल्लाका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%१%१%

प्रतिक्रिया दिनुहोस