२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

शिक्षक संघ नवलपरासीद्धारा नेतृत्व विकास एवंं सशक्तीकरण तालिम सम्पन्न

२०८० श्रावण १३, शनिबार प्रकाशित ( साल अघि) ४८२ पाठक संख्या

परासी, १३ साउन । नेपाल शिक्षक संघ पश्चिम नवलपरासीको आयोजनामा नेतृत्व विकास एवं सशक्तीकरण तालिम सम्पन्न भएको छ । भूमहीमा आज सम्पन्न एक दिने तालिममा संघमा आवद्ध सातै पालिकाका शिक्षकहरुको सहभागिता रहेको थियो ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष भोजराज चापागाईको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा संघका संघीय अध्यक्ष गिरी र नेपाल जेसीजका प्रशिक्षक दिनेश खड्काले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा संघका संघीय अध्यक्ष गिरीले संगठनात्मक इतिहास, बर्तमान अबस्था, चुनौती एवं शिक्षक सङघका सद्स्यहरुको भूुमिकाको बारेमा प्रशिक्षण दिनुभएको थियो भने खड्काले नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिनुभएको शिक्षक संघले जनाएको छ । उक्त अवसरमा निवर्तमान संघीय सदस्य नेत्रलाल न्यौपानेले सस्यहरु एकताबद्ध भई सस्थागत बिकासमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
तालिममा प्रशिक्षार्थीको तर्फबाट बोल्दै शिक्षक किरण अधिकारीले नेतृत्व बिकास तालिम उत्कृष्ट भएको र यहाँबाट सिकेका ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षक संघका निवर्तमान जिल्ला अध्यक्ष भविश्वर पाण्डे, जिल्ला सचिब इन्द्रबहादुर चौधरी, उपाध्यक्ष शिब रेग्म्ी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस