२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

ज्योति विकास बैंक परासी शाखाले मनायो बैंकको पन्ध्रौँ वार्षिकोत्सव

२०८० श्रावण ९, मंगलबार प्रकाशित ( साल अघि) ६६३ पाठक संख्या

मोहन पौडेल
परासी, ९ साउन । ज्योति विकास बैंकले आज आफ्नो पन्ध्रौँ वार्षिकोत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा बैंकको परासी शाखाले पनि आज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागिहरुले ज्योति विकास बैंक परासीमा स्थापना भएको छोटो समयमै धेरै ग्राहकहरुको मन जित्दै सहज बैंकीङ सेवा प्रदान गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले ज्योति विकास बैंकको सफलताको कामना गर्दै यस बैंकले सहज र सरल रुपमा सेवा प्रदान गरिरहेको आफूले पाएको बताउनुभयो । रामग्राम नगरपालिकाले यस बैंकसँग सहकार्य गरी वडावडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको बताउँदै उहाँले नागरिकको घरघरमै सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
सुखमा मात्र होईन दुःखमा पनि साथ दिन सके बैंकले लिएको लक्ष्य र उद्देश्य पूरा हुने मात्र नभई समृद्धि हासिल गर्न पनि टेवा पुग्ने उपमेयर चौधरीको भनाई थियो । पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले ज्योति विकास बैंक अझै धेरै ग्राहकको मन जितेर यस क्षेत्रकै अब्बल बैंकको रुपमा स्थापित हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । उहाँले सेवाग्राहीलाई झन्झटरहित सहज, सरल र सुलभ बैंकीङ् सेवा प्रदान गर्न उहाँले आग्रह गर्नुभयो ।
बैंकका परासी शाखा प्रमुख दीपक अधिकारीले परासी क्षेत्रका सबै वर्गका ग्राहकहरुको सहयोगले ज्योति विकास बैंक अघि बढीरहेको बताउनुभयो । सेवाग्राहीलाई झण्झटरहित सहज रुपमा सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताउँदै उहाँले आगामी दिनमा यस क्षेत्रकै उत्कृष्ट बैंकको रुपमा स्थापित गर्न थप सहयोग र साथको आवश्यकता रहेको बताउनुभयो । उक्त अवसरमा नगारिक समाज, उद्योगी व्यवसायी,शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मी लगायतको सहभागितामा बैंकले केक काटेर उत्सव मनाएको थियो ।

2

 

काठमाडौँमा केन्द्रीय कार्यालय रहेको ज्योति विकास बैंकको हाल देशका ४४ जिल्लामा गरि १२१ वटा शाखा, तीन वटा एक्स्टेन्सन काउण्टर,७५ वटा एटीएम मेसिन सञ्चालनमा छन् । करिब सात लाख ग्राहकको विश्वास र एक लाख ३७ हजार शेयरधनीहरको लगानीको जगमा बैंकले एक खर्ब १८ अर्बको व्यवसायिक कारोबार गरिरहेको छ । बैंकमा प्रत्यक्ष ९५० र अप्रत्यक्ष ३०० गरि एक हजार २५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

3

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस