२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

विपी स्मृति दिवसको अवसरमा शिक्षक संघ नवलपरासीद्धारा सरसफाइ तथा वृक्षारोपण

२०८० श्रावण ६, शनिबार प्रकाशित ( साल अघि) ३९६ पाठक संख्या

मोहन पौडेल
परासी, ६ साउन । ४१ औँ विपी स्मृति दिवसको अवसरमा नेपाल शिक्षक संघ पश्चिम नवलपरासीले सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरेको छ । परासीस्थित शिक्षक संघको भवन परिसरमा आज बृहत सरसफाइ गरि स्वामी, धुपि लगायतका विरुवा तथा पारिजात लगायतका फूलहरु रोपिएको संघले जनाएको छ ।
नेपाल शिक्षक संघ नवलपरासीका जिल्ला अध्यक्ष भोजराज चापागाईको अध्यक्षता तथा नेपाली कांंग्रेसका कार्यबाहक जिल्ला सभापति विक्रम प्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा पार्टीका कार्यबाहक जिल्ला सभापति यादवले महामानव विपी कोईरालाको सच्चा श्रद्धासुमनको लागि उहाँले देखाएको बाटोमा हिँड्नुपर्ने र आपसी सद्भाव एवं सहकार्यमा जोड दिनुभयो । रोपिएका विरुवाको संरक्षणमा जोड दिँदै यादवले आजको ऐतिहासिक दिनमा सरसफाइ एवं वृक्षारोपण कार्यक्रम गरेकोमा शिक्षक संघलाई धन्यवाद व्यक्त गर्नुभयो । शिक्षक संघको वर्तमान कार्यसमितिले रचनात्मक कार्यक्रम गरिरहेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष चापागाईले महामानव विपी कोईरालाको आदर्शलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । विपीका विचार आजको समयमा झन सान्दर्भिक भएको बताउँदै अध्यक्ष चापागाईले आजको कार्यक्रम सफल बनाउने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उक्त अवसरमा शिक्षक संघकी महिला उपाध्यक्ष शिव रेग्मी,निवर्तमान अध्यक्ष भविश्वर पाण्डे, जिल्ला सचिव ईन्द्रबहादुर चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस