२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

केरा उत्पादक संघले धरौटी लिनु अवैधानिक : गाउँपालिका अध्यक्ष यादव

२०८० श्रावण ५, शुक्रबार प्रकाशित ( साल अघि) ३०५ पाठक संख्या

श्याम थापा
बेलाटारी, ५ साउन । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले नवलपरासी केरा उत्पादक संघले केरा ब्यवपारीहरुसंग धरौटी रकम असुली गरेको काम बैधानिक नरहेको बताउनुभएको छ ।
केरा किसानहरुको समस्या बिषयक छलफल कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिका अध्यक्ष यादवले नवलपरासी केरा उत्पादक संघले केरा ब्यवपारीसंग धरौटी रकम भन्दै रु १ लाख ५० हजार नगद असुली गरिरहेको काम गैरकानुनी रहेको र उक्त कार्यलाई तत्काल रोक्न संघलाई निर्देशन दिनुभयो ।
किसानहरुको हकहितमा बनेको सघंले रकमलाई मात्र ध्यान नदिई केरा किसानहरुको बिभिन्न समस्या समाधान तथा हकहितमा कार्य गर्न जोड दिँदै सघंको नाउँमा गरेको सिन्डीकेटलाई तत्काल हटाउन अध्यक्ष यादवले आग्रह गर्नुभयो ।
संघले अनलाईन बिल काटने काममा पनि सिन्डीकेट गरेको र गैरकानुनी रुपमा केरा ब्यवपारीहरुसंग अनलाइनको बाहानामा प्रति गाडी ३ सय रकम असुली गरेको काम प्रति पालिकाको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । कार्यक्रममा सहभागी भएका केरा किसानहरुले नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादवले मनोमानी ढगंले काम गरिरहेको र संघले किसानहरुलाई दर्जनमा केरा बिक्री हुदा ठगि हुने र तौलमा बिक्री गर्दा फाइदा हुने भन्दै केरा किसानलाई बिभिन्न प्रलोभन देखाउदै तौल प्रणाली बाट केराहरु ख्रिद बिक्री गर्ने निणर्य गलत रहेको बताएका थिए ।
भारतको केरा किसानले कम लागतमा केरा उत्पादन गर्ने र यता नेपाली केरा किसानहरुको केरा उत्पादनमा लागत बढी लाग्ने र तौल प्रणाली भयो भने केरा ब्यवपारीहरुले मोटा मोटा र चिल्लो सफा भएको केरा मात्र खरिद गर्दा केरा किसानहरु थप मर्कामा पर्ने तथा पातलो केराहरु खेतमै सड्न सक्ने सम्भावना बढी रहेकोले तौल प्रणाली भन्दा दर्जनमा केरा खरिद बिक्री प्रणाली ठिक रहेको कृषकहरुले बताएका थिए ।
कार्यक्रममा सहभागी किसानहरुले नवलपरासी केरा उत्पादक सघंले अबैधानिक रुपले केरा ब्यवपारीहरुसंग प्रति गाडी अनलाइन बिल भन्दै ५० रुपैयाको अनलाईन बिललाई ३ सय रुपैया असुली गरेको र त्यही ब्यापारीले किसानसंग असुल उपर गर्दा किसानहरु थप भारमा परेको साथै प्रहरी प्रशासनले पनि ब्यक्तिगत फर्मबाट अनलाईन बिल नमान्ने गरेको र केरा उत्पादक सघंले काटेको अनलाईन बिल देखाउदा केरा बोकेको गाडीहरु चेकजाचँमा छोडने गरेको किसानहरुले आरोप लगाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस