२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

शैक्षिक सत्र शुरु भएको तीन महिनासम्म पनि पाएनन् विद्यार्थीले पुस्तक

२०८० श्रावण ५, शुक्रबार प्रकाशित ( साल अघि) ३१८ पाठक संख्या

प्रकाश न्यौपाने
बर्दघाट, ५ साउन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका विद्यार्थीले शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि अझै पाठ्यपुस्तक पाएका छैनन् । नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिक हक भनेर व्यवस्था गरेको छ। तर शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत नवलपरासीको बर्दघाटमा विद्यार्थीहरूले नया पाठ्यपुस्तक पाउन सकेका छैनन्।
यस वर्षको शैक्षिक सत्र बैशाखको १ गते शुरु भए पनि यहाँका आधारभूत तहका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएसङ्गै बैशाखमा नै पाठ्यपुस्तकको माग गरिएपनी अहिले सम्म नआएको शिरोमणि प्राथमिक विद्यालयकि प्राध्यानाध्यपक सरस्वती खनाल यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ–“ मैले धेरै पटक किताब आयो कि भनेर शिक्षा शाखामा बुझे अब केहि दिनमा आउछ भन्नू भएको छ ।“
पटक पटक नगरमा माग गर्दा पनि नगरले अबको केही दिनमा आउँछ भन्ने गरेको शिक्षकहरु बताउँछन् । बर्दघाट नगरपालिकाले शैक्षिक सत्रको सुरुवातमा नै विद्यार्थी संख्या विद्यालयहरुसङ्ग माग गरेको थियो ।
बैशाखमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पु¥याउने गरि काम गरिएको सामाजिक बिकास समितीका संयोजक भिमकाजी गुरुङले बताउनु भयो । उहाँ भन्नुहुन्छ–“ हामीले शैक्षिक सत्रको सुरुबातमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पु¥याउने हिसाबले काम गरेका थियौं । शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीले किन पाठ्यपुस्तक पाएनन् म तुरुन्त शिक्षा शाखामा बुझ्छु ।“
शिक्षकहरुले पटक पटक नगरमा गएर विद्यार्थीहरुले पुस्तक नपाएको गुनासो गर्दा नगरको शिक्षा शाखाले भने चासो नदिएको देखिएको छ । सबै विद्यार्थीले पाठ्यपुस्तक पाएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो । उहाँ भन्नू हुन्छ–“ सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका छन् त्यस्तो कोहि छुटेको छ भने म बुझ्छु ।“ पन्थीले सबै विद्यार्थीले पुस्तक पाएको बताए पनि बर्दघाट ४ मा रहेको न्यु लाइफ माध्यमिक विद्यालय, शिरोमणि प्राथमिक विद्यालय र माउण्ट एभरेस्ट माध्यमिक विद्यालयमा विद्यार्थिले पाठ्यपुस्तक पाएका छैनन् ।
न्यु लाइफमा कक्षा ३ का १ सय ३ जना मध्ये २१ जनाले मात्रै पाएका छन भने ८२ जनाले पाउन बाकी छन त्यस्तै शिरोमणिमा कक्षा २ का २६ जना, माउण्ट एभरेस्टमा कक्षा ४ का ४० जना विद्यार्थीले स्थानीय पाठ्यपुस्तक हाम्रो बर्दघाट पाएका छैनन् ।
पटक पटक नगरमा पाठ्यपुस्तकका बिषयमा बुझेको माउण्ट एभरेस्ट विद्यालयका निवर्तमान प्राध्यानाध्यापक सन्जय ढुंगानाले बताउनु भयो । उहाँ भन्नुहुन्छ –“दुई हप्ता अगाडि नगरमा गएर पाठ्यपुस्तकको बिषयमा बुझेको अहिले सम्म आएको छैन । दुई चार दिनमा नै आउछ भन्नू भएको अहिले १५÷१६ दिन भो अहिले सम्म पनि आएको छैन ।“

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस