२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

शाईन रेसुङ्गा बैंक परासी शाखाले मनायो मेहन्दी उत्सव

२०८० श्रावण ३, बुधबार प्रकाशित ( साल अघि) ६३० पाठक संख्या

मोहन पौडेल
परासी, ३ साउन । पश्चिम नवलपरासीस्थित शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक परासी शाखाले आफ्ना महिला ग्राहकहरुबीच मेहन्दी उत्सव मनाएको छ । साउन महिनामा महिलाहरुले महेन्दी लगाउने परम्परालाई मध्यनजर गर्दै बैंकले आज सेवालिन आएका सेवाग्राही महिला तथा अन्य महिलालाई समेत मेहन्दी लगाएर उत्सव मनाएको हो।
बैंकले आज शाखा कार्यालय परिसरमा गरेको मेहन्दी उत्सवमा प्रमुख अतिथि पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी पनि महिला दिदीबहिनीहरुसँगै मेहन्दी लगाएर उत्सवमा सहभागि हुनुभएको थियो । बैंकले आयोजना गरेको यस किसिमको कार्यक्रम निकै प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष खातुनले मेहन्दी उत्सवले महिला वर्गलाई बैंंकिङ कारोबारमा संलग्न गराउन र संस्कृति जर्गेनामा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस कार्यक्रमले महिलाहरुलाई आर्थिक सशक्तीकरणको लागि उत्प्रेरित गर्ने पनि उहाँले बताउनुभयो ।
संस्कृति संरक्षण गर्ने उद्देश्यले बैंंकले महिला सेवाग्राहीलाई लक्षित गरी महेन्दी उत्सव कार्यक्रम आयोजना गरिएको बैंकका परासी कलस्टर प्रमुख भागिरथ न्यौपानेले दैनिक24 खबरलाई जानकारी दिनुभयो । “साउनको महिनामा महिलाहरुले मेहन्दी र हरियो कपडा लगाउने विशेष संस्कृति रहेकोे छ, उतm संस्कृतिलाई जर्गेना गर्दै बैंकसँग पनि सामिप्यता बढाउन यो कार्यक्रम बैंकले देशभरकै शाखाहरुमा सञ्चालन गरिरहेको छ”, उहाँले भन्नुभयो ।
आज बैंकमा सेवाग्राहीको रुपमा आएका महिलाहरु र अन्य महिलाहरुलाई पनि मेहन्दी उत्सवमा सहभागि गराईएको शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक परासी शाखाका प्रमुख बोमकान्त न्यौपानेले बताउनुभयो । बुटवलमा केन्द्रीय कार्यालय रहेको यो बैंकको देशभर करिव ९० शाखा रहेका छन् भने पश्चिम नवलपरासीमा परासीसहित ५ वटा शाखा रहेका छन् ।

Sh2 Sh3 Sh4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%१%

प्रतिक्रिया दिनुहोस