२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अवैद्य सामानसहित ट्रक र चालक प्रहरी नियन्त्रणमा

२०८० श्रावण १, सोमबार प्रकाशित ( साल अघि) ८९१ पाठक संख्या

मोहन पौडेल
परासी, १ साउन । भन्सार छली ट्रकमा नेपाल भित्राईएको अवैद्य मिठाईसहित ट्रक र चालकलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी टोलीले आज विहान रामग्राम नगरपालिका वडा नं ५ स्थित वाईपासबाट लु १ ख ६९०२ नम्बरको ट्रकमा चोरी पैठारी गरि चुरेल(मिठाई) ल्याउँदै गरेको अवस्थामा मिठाईसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ट्रकका चालक नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ का ४० वर्षीय मोहम्मद धानी पठान रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रक जाँच गर्ने क्रममा कागजात बिनाको ९२ बोरा अर्थात रु एक लाख ७७ हजार बराबरको चुरेल मिठाई र ट्रकसमेत गरी रु सात लाख ७७ हजारको सामान नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिएको सामान र चालकलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%१%

प्रतिक्रिया दिनुहोस