२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

जिल्ला प्रशासन कार्यालय परासीमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन काउण्टर सेवा शुरु

२०८० अषाढ २७, बुधबार प्रकाशित ( साल अघि) ७०४ पाठक संख्या

मोहन पौडेल
परासी, २७ असार । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन काउण्टर सेवा शुरु भएको छ । प्रशासनिक सेवालाई थप सहज,सरल र झण्झटरहित बनाउने उद्देश्य अनुरुप कार्यालयमै बैंकको काउण्टर सेवा स्थापना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
काउण्टर सेवाको आज प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सेवाग्राहीको भौचरमा हस्ताक्षर गरेर शुभारम्भ गर्नुभयो । उहाँले सेवाग्राहीलाई राजस्व बुझाउन र कार्यालयलाई पनि आर्थिक कारोबार व्यवस्थित गर्न काउण्टर सेवाले सहज बनाएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीमा राहदानी, धरौटी,दण्डजरिवाना लगायतका शीर्षकमा दैनिक रु तीन लाखदेखि पाँच लाखसम्म राजस्व संकलन हुने गरेको बताउँदै प्रजिअ अर्यालले अब उक्त राजस्व दाखिला गर्न बैंकमै जानुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । यसले प्रशासनिक सेवा प्रवाहलाई छिटोछरितो बनाउन सहज हुनुका साथै अन्य नजिकका सरकारी कार्यालयलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय वाणिज्य बैंक परासी शाखाका प्रबन्धक मदनराज डोटेलले बैंकले जिल्ला प्रशासन कार्यालय परासीमा आजदेखि सञ्चालनमा ल्याएको एक्सटेन्सन काउण्टर देशभरमा ७१ औँ र जिल्लामा तेस्रो काउण्टर सेवाको रुपमा रहेको बताउनुभयो । यसबाट प्रशासनको सेवा तथा आर्थिक कारोबार सहज र व्यवस्थित हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंक परासी शाखाको मातहमा रहने गरी यसअघि करदाता सेवा कार्यालय परासी र सरावल गाउँपालिकामा पनि एक्सटेन्सन काउण्टर स्थापना गरिएको बैंकका सहायक प्रबन्धक सुमित शाकयले जानकारी दिनुभयो । राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंक हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%१%१%

प्रतिक्रिया दिनुहोस