२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

एसईई २०७९ को नतिजामा हिलेरियस चिल्ड्रेन एकेडेमीका राहुल र राजन नगर प्रथम र द्धितीय

२०८० अषाढ २३, शनिबार प्रकाशित ( साल अघि) १५८२ पाठक संख्या

परासी, २३ असार । एसईई परीक्षा २०७९ को नतिजामा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका -४ स्थित हिलेरियस चिल्ड्रेन एकेडेमीका राहुल सहानी केवट र राजन कुमार कुर्मीले नगरमै उत्कट अंक ल्याएका छन् ।
नतिजा अनुसार राहुल नगर प्रथम र राजन नगर द्धितीय भएको विद्यालयले दाबी गरेको छ । नतिजा अनुसार राहुलको ३.९ जिपीए र राजनको ३.८५ जिपीए रहेको छ।

२०७८ बाट एसईईमा विद्यार्थी सहभागी गराएको यश विद्यालयले दुवै वर्षमा जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका संस्थापक प्रिन्सिपल जनार्दन ठाकुरले बताउनुभयो ।

Received_3536963079958397

यो विद्यालय पछिल्लो समय नगरकै उत्कृष्ट विद्यालयको रुपमा चिनिन थालेको छ । योग्य तथा शैक्षिक गुणस्तरमा समर्पित प्रिन्सिपल,शिक्षक शिक्षिका र टिमको अनुशासन, प्रत्यक्ष निगरानीमा विध्यालय सञ्चालन तथा लक्ष्य अनुरुप योजना तथा कार्यान्वयन गर्ने गरिएकोले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल ठाकुरले बताउनुभयो ।
विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावक बीचको अन्तर्क्रिया पनि गर्दै आएको छ । यो विद्यालय नगर र जिल्ला स्तरको अतिरिक्त क्रियकलापमा अब्बल सावित हुँदै आएको छ र । परीक्षा केन्द्रित पढाई भन्दा पनि बालबालिकालाई निरन्तर रूपमा उनीहरूको स्तर अनुसार राम्रो बनाउँदै जाने सोच अनुसारको शैक्षिक वातावरण निर्माणमा विद्यालयले जोड दिएको प्रिन्सिपल ठाकुरले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२४%३%२%

प्रतिक्रिया दिनुहोस