२०८३ जेष्ठ ११, सोमबार
24 खबर अपडेट

एसईई २०७९ मा न्यू लाइफ माबि बर्दघाटका पाण्डेको ४ जिपीए

२०८० अषाढ २२, शुक्रबार प्रकाशित ( साल अघि) २७१६ पाठक संख्या

परासी, २२ असार । एसईई परीक्षा २०७९ अन्तरगत पश्चिम नवलपरासीको बर्दघाटस्थित न्यू लाइफ माध्यमिक बिधालयका छात्र सोयम पाण्डेले ४ जीपीए ल्याउन सफल भएका छन् ।
पाण्डेले प्राप्त गरेको अंक लुम्बिनी प्रदेशकै सर्बोउत्कृष्ट अंक रहेको विद्यालयले दावि गरेको छ । लुम्बिनी प्रदेशमा ४ वटा विद्यालयले फोर जिपिए ल्याएको विद्यालयको दाबी छ ।
उत्कृष्ट अंक ल्याउन सफल पाण्डे पढाइ लेखाइमा मात्र नभै विद्यालय स्तरमा हुने अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट हुने गरेकोे विद्यालयका प्रबन्ध निर्देशक डिबी अधिकारीले जानकारी दिनुभयो ।
आफ्ना हजुरबुबा र बुवाको साथमा भेटिएका पाण्डेले यो सफलता प्राप्त गर्दै विद्यालयको समेत नामराख्न सफल भएकोमा आफ्नो घर परिवार र विद्यालय परिवार प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँका हजुरवावा डालाराज पाण्डेले आफ्ना तिनै जना नातीनातीनाहरुले न्यू लाईफमै अध्ययन गरेरे उत्कृष्ट नतिजा प्राप्त गरेको भन्दै विद्यालय परिवारलाई धन्यवाद प्रकट गर्नुभएको छ ।

उक्त विद्यालयबाट परीक्षामा सहभागी ६३ जना विद्यार्थी मध्ये ७ जनाले ३.६५ देखि ४ जिपिए अर्थात ए प्लस ल्याउन सफल भएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीका अनुसार १३ जनाले ए,२३ जनाले बी प्लस,२० जनाले बी ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । अधिकारी भन्नुहुन्छ -“हाम्रो विद्यालयको बिगत देखीकै उत्कृष्ट नतिजा हो जुन यश बर्ष पनि कायम छ,उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई आइतबार सम्मान गर्नेछौं ।”
विद्यालयका प्रबन्ध निर्देशक अधिकारीले सबैको साथ र सहयोगका कारण शैक्षिक क्षेत्रमा न्यू लाईफले छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१७%३%३%३%

प्रतिक्रिया दिनुहोस