२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासीसहितका जिल्लामा बाढीको जोखिम, दिउँसो ३ बजेसम्म सतर्कता अपनाउन आग्रह

२०८० अषाढ १६, शनिबार प्रकाशित ( साल अघि) ४६८ पाठक संख्या

परासी, १६ असार । पश्चिम नवपलरासीसहित नवलपुर क्षेत्र तथा रुपन्देहीको तिलोत्तमा आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको छ । पछिल्लो ६ घण्टामा नवलपरासी र रुपन्देही जिल्लामा ठूलो पानी परेको छ ।
यी जिल्ला भएर बग्ने खोलामा आकस्मिक बाढी तथा डुबान हुन सक्ने भएकाले नदी तटीय क्षेत्रमा दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तीन वटा प्रदेशमा ठूलो पानी पर्ने अनुमान छ ।
यी प्रदेशको तराई क्षेत्रमा आज हावाहुरीको पनि सम्भावना छ । ठूलो पानीका कारण सडक पहिरोले अवरुद्ध हुनसक्ने भएकाले यात्रामा सर्तकता अपनाउन तथा बाढी, चट्याङ्ग र हावाहुरी कारण हुन सक्ने जोखिम वा क्षतिबाट जोगिन सावधानी अपनाउन पनि महाशाखाको अनुरोध छ ।
आज देशभरको मौसम बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने तथा बाँकी कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस