२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

भूमही दुग्ध उत्पादक सहकारीद्धारा कृषकलाई उत्पादनको आधारमा अनुदान वितरण

२०८० अषाढ ११, सोमबार प्रकाशित ( साल अघि) ९५९ पाठक संख्या

मोहन पौडेल
परासी, ११ असार । दुग्ध उत्पादक कृषकलाई व्यवसायिक पशुपालनमा प्रोत्साहन गर्न पश्चिम नवलपरासीको सुनवल–१२ स्थित भूमही दुग्ध उत्पादक सहकारी संस्थाले कृषकलाई उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । दुग्ध उत्पादनलाई बढवा दिन कृषकलाई दुध उत्पादनको आधारमा अनुदान वितरण गरिएको संस्थाले जनाएको छ ।
सहकारीमा आवद्ध दुग्ध उत्पादक कृषकलाई प्रति लिटर रु ९३ पैसाका दरले कृषकलाई अनुदान उपलब्ध गराइएको सहकारीका अध्यक्ष भुपराज भट्टराईले दैनिक24 खबरलाई जानकारी दिनुभयो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा कृषकलाई कूल रु आठ लाख ८१ ह्जार रुपैँया अनुदान वितरण गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
क्ृषकले एक वर्षमा सहकारी मार्फत बिक्री गरेको दुधको आधारमा अनुदान उपलब्ध गराईएको हो । कृषकले नगद अनुदान पाएपछि खुशी व्यक्त गरेका छन् । कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवेले उत्पादनको आधारमा दिईने अनुदान रकमले कृषकलाई प्रोत्साहन मिल्नुका साथै दुधमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुनवल नगरपालिकाले व्यवसायिक रुपमा कृषि गर्न चाहनेलाई विभिन्न प्रोत्साहनका कार्यक्रम र व्यवसायिक कृषकलाई पनि थप हौसला बढाउने नीति अनुसार कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सुनवल–१२ का वडा अध्यक्ष चुरामणि पौडेल, वडा नं. ११ का वडा अध्यक्ष कमल च्वाई, सहकारीका उपाध्यक्ष तारा भण्डारी, सचिव भेषराज न्यौपाने लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस