२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सामाजिक उत्तरदायित्व अन्तरगत सिटिजन्स बैंक परासीद्धारा विपन्न विद्यार्थीलाई पोशाक वितरण

२०८० अषाढ ११, सोमबार प्रकाशित ( साल अघि) ५९३ पाठक संख्या

मोहन पौडेल
परासी, ११ असार । सिटिजन्स बैंक ईण्टरनेशनल परासी शाखाले गरीब तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बैंकले संस्थाथत सामाजिक उत्तरदायित्व अन्तरगत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० लक्ष्मिपुरस्थित जनता माविका विद्यार्थीहरुलाई आज पोशाक वितरण गरेको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त विद्यालयमा बालविकासदेखि कक्षा दशसम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई आज एक कार्यक्रम गरी पोशाक वितरण गरिएको सिटिजन्य बैंक परासी शाखाकी प्रमुख मीना पाण्डेले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
वडा अध्यक्ष सुरेश यादवको अध्यक्षता तथा बैंककी शाखा प्रबन्धक पाण्डेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा शाखा प्रबन्धक पाण्डेले बैैंकले आर्जन गर्ने मुनाफाको निश्चित प्रतिशत सामाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक हितका कार्यमा खर्च गर्नुपर्ने प्रावधान अनुसार सिटिजन्स बैंकले हरेक वर्ष यस किसिमका कार्यहरु गर्दै आएको बताउनुभयो ।
आर्थिक अभावका कारण विद्यालय पोशाक खरिद गर्न असमर्थ रहेका विद्यार्थीलाई यस कार्यले ठूलो टेवा पुग्नुका साथै उनीहरुको अध्ययनमा पनि प्रोत्साहन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । बैंकले गरेको यस किसिमको सहयोगले बालबालिकालाई हौसला बढेको विद्यालयका प्रधानाध्यापक ईन्द्रकमल यादवले बताउनुभयो ।

Ct2

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस