२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासी उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी अग्रहरी, सबैको साथ लिएर अघि बढ्ने प्रतिबद्धता

२०८० अषाढ १०, आईतबार प्रकाशित ( साल अघि) १०९६ पाठक संख्या

मोहन पौडेल
परासी, १० असार । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नवलपरासी उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी ओमप्रकाश अग्रहरी निर्वाचित हुनुभएको छ। संघको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा वरिष्ठ उद्योगी अग्रहरी निर्विरोध अध्यक्ष चयन हुनुभएको हो ।
संघको निर्वाचन प्रक्रिया शुरु भएको एक वर्षपछि आज प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता धन शर्मा जैसीले संघका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । संघको विधानमा देखिएको कानूनी जटिलता तथा सहमतिको प्रयासको नाममा निर्वाचन प्रक्रिया लम्बिएको थियो ।
संघको वरिष्ठ उपाध्यक्षमा नगेन्द्र अग्रहरी, उद्योग उपाध्यक्षमा गिरीराज पाण्डे, वाणिज्य उपाध्यक्षमा राजेश कुमार गुप्त, महासचिवमा तारा आचार्य, सचिवमा रामकुमार गुप्ता,कोषाध्यक्षमा भोला पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै कार्यकारी सदस्यमा सन्दिप स्वर्णकार, बालकिशुन गुप्ता, किशुनाथ बानिया, चन्द्रप्रकाश गुप्ता, गणेश अग्रहरी, सुनिल कसौधन, सत्रुधन प्रसाद ढकाल, राजु देवान, क्षेत्र नं. १ सदस्य दुरपति चौधरी, क्षेत्र नं. २ सदस्य केशव चापागाई, क्षेत्र नं. ३ क्षेत्रीय सदस्य लिलाधर चापागाई र क्षेत्र नं ४ को क्षेत्रीय सदस्यमा रामकुण्डल यादव निर्वाचित हुनुभएको छ ।
यस्तै संघको लेखा समिति संयोजकमा अर्जुन बहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भणडारी, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारी लगायतको उपस्थितिमा प्रमाणपत्र वितरण गरिएको थियो ।

C2

 

संघका नवनिर्वाचित अध्यक्ष अग्रहरी यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । नवलपरासी उद्योग वाणिज्य संघमा सदस्य, उद्योग उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै १३ वर्षपछि अग्रहरीले संघको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको हो । उहाँका पिता हरिराम अग्रहरी पनि नवलपरासी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुनुहन्छ । अध्यक्ष अग्रहरी रामग्राम–१५ स्थित ओम नेचर फुड्स प्रालि तथा ओम चिउरा उद्योगका सञ्चालक हुनुहुन्छ । उद्योगले उत्पादन गर्ने चिउरा र चामल नेपाल अधिराज्यभर नै पुग्ने गरेको छ ।
नवनिर्वाचित अध्यक्ष अग्रहरीले सबैको साथ र सहयोग लिएर उद्योगी व्यवसायीको हितमा निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आर्थिक मन्दी तथा बैंकको चर्काे व्याजदरले प्रताडित व्यवसायीको समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दे अघि बढ्ने र त्यसका लागि सबैको सहयोग आवश्यक रहने बताउनुभयो । उहाँले महेशपुर भन्सारमा एक्जीम कोड तथा क्वारेन्टाईन, महेशपुर देखि सुनवलसम्मको सडक विस्तारलाई पनि प्रमुख एजेण्डाको रुपमा अघि बढाउने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेशसभा सदस्य जयसवालले उद्योगी व्यवसायीको हकहितका लागि निरन्तर आवाज उठाउन आग्रह गर्दै यस क्षेत्रको व्यापार प्रवद्र्धनका लागि परासीमा यथाशक्य छिटो व्यापार मेला आयोजना गर्न आग्रह गर्नुभयो । उहाँले महेशपुर भन्सारको एक्जीम कोड तथा क्वारेन्टाईन पोष्टका लागि पहल गर्न र उद्योगी व्यवसायीका एजेण्डा तय गरेर अघि बढ्न सुझाव दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष तिवारीले नवलपरासीमा औद्योगिक वातावरण कायम राखिरहन, आर्थिक मन्दीका कारण व्यवसायीले भोग्नुपरेको समस्या समाधानका लागि नेतृत्वदायी पहल लिन जोड दिनुभएको थियो ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष एवं केन्द्रीय सदस्य केशव भण्डारीले आफ्नो कार्यकाल ऐतिहासिक भएको र आगामी नेतृत्वलाई काम गर्ने अवसर रहेको बताउनुभयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष हरिराम अग्रहरी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको संघका कार्यकारी सचिव रामशंकर कुर्मीले जानकारी दिनुभयो ।

C5

 

C6

 

C7

 

C8

 

C9

 

C10

 

C11

 

C12

C13

 

C14

 

C15

 

C16

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१%

प्रतिक्रिया दिनुहोस