२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरावलको तिलौलीमा सार्वजनिक जग्गा मिचेर बनाईएको टहरा भत्काईयो

२०८० अषाढ १०, आईतबार प्रकाशित ( साल अघि) १६१४ पाठक संख्या

टेक हरिजन
सरावल, १० असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानसँगै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएको संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । सोही क्रममा गाउँपालिकाले वडा नं. २ तिलौलीमा सडक क्षेत्राधिकार भित्र रहेको घर डोजर लगाएर भत्काएको छ ।
पटकपटक अतिक्रमण गरी बनाईएको घरटहरा हटाउन आग्रह गरेपनि सम्बन्धीत घरधनीले अटेरी गरेपछि गाउँपालिकाले डोजर लगाएर भत्काउन बाध्य भएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो ।
उक्त स्थानमा सडक निर्माणका लागि गाउँवासीले यसअघि नै सामूहिक निर्णय गरि सडक क्षेत्राधिकार भित्र पर्ने घरटहरा हटाउन आग्रह गरेका थिए । गाउँवासी र गाउँपालिकाको समेत आग्रहलाई अटेरी गर्दै आएपछि बाध्य भएर बल प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
सोही घरको कारणले मात्र सडक विस्तार हुन नसकेपछि सम्बन्धीत घरधनीलाई पटकपटक खाली गर्न आग्रह गर्दा पनि वेवास्ता गरेको र गाउँपालिकालाई गुहार माग्नुपरेको तिलौली टोल विकास संस्थाका अध्यक्ष देवराज रायले बताउनुभयो ।
बि स २०५१ सालमा उक्त स्थानमा बाटोको आवश्यक्ता महशुस गरि २६ फुटको बाटो छुट्टयाइएको भएपनी निजले बाटो अतिक्रमण गरि घर टहरा बनाउँदा समस्या भएको र तिलौलीबासीले पटकपटक उक्त स्थान खाली गराउन आग्रह गरेपसन नमानेपछी आफुहरु प्रकृयागत रुपले बाटोको निकासका लागि कदम चाल्न् बाध्य भएको उहाँले बताउनुभयो ।
विगत पाँच बर्षदेखी तिलौली गाउँबासीको समन्वयमा बाटो खाली गराउन विभिन्न माध्यमबाट सुचित गरिनुका साथै पालिकाबाट पनि पटक पटक पत्र पठाइएको तर सम्बन्धित घरधनीले वास्ता नगरेपछी बाध्य भएर नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा घर टहरा खाली गराइएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । २६ फुट चौडाई रहेको उक्त स्थान खाली गराई कृषि सडक विस्तार गरिने तिलौली टोल विकास सस्थाका अध्यक्ष रायले जानकारी दिनुभयो । यसअघि गाउँपालिकाले अन्य वडामा पनि सार्वजनिक जग्गा कब्जा गरी बसेकालाई हटाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस