२०८२ फागुन १४, बिहिबार
24 खबर अपडेट

सरावल गाउँपालिकाको बजेट रु ५३ करोड ७८ लाख सार्वजनिक

२०८० अषाढ १०, आईतबार प्रकाशित ( साल अघि) ९३० पाठक संख्या

परासी, १० असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि रु ५३ करोड ७८ लाख ५४ हजार ५९१ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आज सम्पन्न गाउँसभाको बाह्रौं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।
कूल बजेटमध्ये सात वटा वडालाई रु ८० लाखको दरले विनियोजन गरिएको छ भने विषयगत शाखा तथा ईकाईका कार्यक्रम सञ्चालनका लागि पाँच करोड रुपैया, पालिका स्तरीय योजनाका लागि रु एक करोड ६० लाख,क्रमागत योजनाका लागि रु तीन करोड विनियोजन गरिएको छ ।
यसैगरी सशर्त कार्यक्रम सञ्चालनको लागि रु बीस करोड ४५ लाख पचास हजार,विशेष अनुदानको कार्यक्रम सञ्चालनको लागि एक करोड रुपैयाँ,समपुरक आयोजनाको लागि चार करोड रुपैया विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष हरिजनले जानकारी दिनुभयो ।
यस्तै पालिकाको प्रशासनिक भवन निर्माणको लागि रु पचास लाख विनियोजन गरिएको छ भने वडा तथा पालिकाको प्रशासनिक खर्चको लागि रु १२ करोड,तीन लाख,चार हजार ५९१ विनियोजन गरिएको उपाध्यक्ष हरिजनले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस