२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

परासीमा योग शिविर, मानव जीवनमा योगको विशेष महत्व रहेको प्रजिअ अर्यालको भनाइ

२०८० अषाढ ६, बुधबार प्रकाशित ( साल अघि) ४६४ पाठक संख्या

परासी, ६ असार । पश्चिम नवलपरासीका विभिन्न स्थानमा आज नवौँ अन्र्तराष्ट्रिय योग दिवस मनाईएको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालयको आयोजनामा आज विहान रामग्राम नगरपालिकाको सभाहलमा योग शिविर सञ्चालन गरिएको थियो ।
मानवताका लागि योग भन्ने नाराका साथ प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी अर्यालले योगले मानव शरिरको सर्वाङ्गिण विकास गरेर मानिसमा असल संस्कार चरित्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । अहिले समाजमा देखिने विभिन्न कुलत दुरव्यसन वाट मुक्ति पाउन एक अनुशासित आदर्शवान व्यक्ति निर्माणमा योग अभ्यास साधनाले महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई थियो ।
योग साधनाले मानसिक रूपमा मान्छेलाई वलियो वनायर उसको सर्वागिण विकास हुने बताउँदै उहाँले योगको माध्यमबाट परिवार,समाज र देशलाईनै सकारात्मक मार्गमा डोर्याउने बताउनुभयो । कार्यक्रममा पतञ्जली योग समितिका प्रशिक्षकहरुले सहजीकरण गर्नुभएको थियो ।

Y2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस