२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

चट्याङबाट पश्चिम नवलपरासीमा एकको मृत्यु

२०८० अषाढ ५, मंगलबार प्रकाशित ( साल अघि) १८८० पाठक संख्या

परासी,४ असार । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका -१० नदवा निवासी ४० वर्षीय विनोद कँहार रहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
आज बिहान करिब ११ बजेको समयमा आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका कँहारको भैरहवा स्थित सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
चट्याङ लागेर मृत्यु भएका कँहार पाल्पाको पूर्वखोला गाउँपालिका-५ विरकोटस्थित विरकोट आयुर्वेदिक ओैषधालयमा कविराज निरीक्षक पदमा कार्यरत थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१०%२%

प्रतिक्रिया दिनुहोस