२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

संरक्षण लैंगिकता तथा समावेशीकरणका लागि न्यूनतम मापदण्ड सम्बन्धी प्रशिक्षण

२०८० अषाढ ५, मंगलबार प्रकाशित ( साल अघि) ३५९ पाठक संख्या

मोहन पौडेल
परासी । संरक्षण लैंिगकता तथा समावेशीकरणका लागि न्यूनतम मापदण्ड सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको आयोजना तथा क्यानेडियन रेडक्रसको सहयोगमा रेडक्रसकर्मीहरुलाई उक्त प्रशिक्षण गरिएको हो ।
रेडक्रसका सम्पूर्ण कार्यक्रम तथा विकासमा लैंगिक समानता तथा समावेशीकरणलाई प्रवद्र्धन एवं मूलप्रवाहीकरण गर्दै लैजान तथा संरक्षणका गतिविधिहरुलाई विशेष कार्यक्रमको माध्यमबाट सबैको मर्यादा, पहुँच, सहभागिता तथा सुनिश्चितता गर्ने र सबै तहमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका स्वास्थ्य अधिकृत अनुप खड्काले जानकारी दिनुभयो ।
रेडक्रसकर्मी तथा स्वयमसेवकहरुको सहभागिता रहेको उक्त तालिममा रेडक्रस केन्द्रीय कार्यालयका सबनम पोखरेल, रमा ढकालसहित अनुप खड्का, रुपक मल्ल ठकुरी,मनमाया गुरुङ्ले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखाका सभापति राजेन्द्र अग्रहरीले रेडक्रसकर्मीका लागि यस किसिमको प्रशिक्षण निकै महत्वपूर्ण भएकोले तालिममा सिकेका कुरालाई व्यवहारमा रुपान्तरण गर्न जोड दिनुभयो । उहाँले यस विषयमा गम्भीर भएर लाग्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रम संयोजक एवं रेडक्रस जिल्ला शाखाकी उपसभापति माया अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रेडक्रस लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदरअलि मोमिन, जिल्ला उपसभापति कृष्ण लामिछाने, जिल्ला सदस्य मनमाया गुरुङ लगायतले बोल्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस