२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

आधुनिक शिक्षण विधि सिकाउन पूर्व प्राथमिक तहका शिक्षकहरुलाई तालिम दिँदै जीसन नवलपरासी

२०८० जेष्ठ ३१, बुधबार प्रकाशित ( साल अघि) ९७८ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । पश्चिम नवलपरासीको परासी क्षेत्रका निजी विद्यालयमा अध्यापनरत पूर्व प्राथमिक तहका शिक्षकहरुका लागि तालिम सञ्चालन गरिएको छ । संस्थागत विद्यालयहरको संगठन जीसन नवलपरासीले आफ्ना सदस्य विद्यालयका पूर्व प्रावि तहका शिक्षकहरुलाई तालिम दिएको हो ।
परासीमा आजदेखि शुरु भएको उक्त दुई दिने तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले शिक्षकले दिने सही शिक्षा र सिकाइ विधिले बालबालिकाको भविष्य निर्धारण हुने बताउनुभयो । उहाँले बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्नका लागि यस्ता तालिमहरु उपलब्धिमूलक हुने बताउँदै तालिममा सिकेको कुरा बालकेन्द्रीत विधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्न आग्रह गर्नुभयो ।
जिसस प्रमुख यादवले शैक्षिक विकासमा निजी विद्यालयको महत्पूर्ण योगदान रहेको बताउँदै राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
जीसन नवलपरासीका अध्यक्ष डम्बर गुरुङले शिक्षा विधिमा एकरुपता ल्याई बालबालिकाको बहुआयामिक विकासका लागि पूर्व प्राथमिक तहका शिक्षकहरुलाई नयाँ र आधुनिक शिक्षण विधि थाहा हुन जरुरी रहेकोले तालिमको आयोजना गरिएको बताउनुभयो । बालबालिकाले पूर्वप्राथमिक तहमा सिकेको ज्ञानले जीवनलाई सहि बाटो तिर लाग्न प्रेरित गर्ने उहाँको जोड थियोे ।
जीसनका सहसचिव एवं तालिम संयोजक बलिराम यादवले पूर्वप्राथमिक तहका सिकेको कुराले जीवनमा प्रभाव पर्ने भएकाले बालबालिकाहरुलाई असल नागरिक बनाउनका लागि शिक्षकलाई तालिम दिईएको बताउनुभयो । कक्षा व्यवस्थापन कसरी गर्ने, शिक्षण विधि कुन अपनाउने, बालबालिकाहरुलाई कसरी शिक्षणतर्फ केन्द्रीत गर्ने, परिमार्जित पाठ्यक्रम अनुसारको शिक्षण कार्य विधि जस्ता कुराहरु तालिममा सिकाइने उहाँले बताउनुभयो । शिक्षकहरुको पढाउने कलाको विकास गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न जीसनले यश किसिमका तालिमहरु सञ्चालन गर्दै आएको जीसन नवलपरासीका उपाध्यक्ष सञ्जय ढुंगानाले जानकारी दिनुभयो । तालिममा रामग्राम,सुनवल नगरपालिका तथा पाल्हीनन्दन गाउँपालिकाका जीसनमा आबद्ध २० निजी विद्यालयका १०३ जना शिक्षकहरुको सहभागिता रहेको जीसनका सचिव यज्ञप्रसाद न्यौपानेले जानकारी दिनुभयो । दीपा खनाल र प्रतीक्षा पुलामीले तालिममा सहजीकरण गर्नुभएको छ । उद्घाटन समारोहमा जीसनका प्रमुख सल्लाहकार सन्तोष रौनियार,सल्लाहकार ईन्द्र गुरुङ,यमबहादुर थापा लगायतको पनि सहभागिता रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस