२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

विपद व्यवस्थापन प्रभावकारी बनाउन परासीमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

२०८० जेष्ठ २९, सोमबार प्रकाशित ( साल अघि) ३७० पाठक संख्या

परासी, २९ जेठ । प्रकोप नियन्त्रण तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले विपद् व्यवस्थापन सम्बन्धी दुई दिने कार्याशाला गोष्ठी पश्चिम नवलपरासीको परासीमा सम्पन्न भएको छ । पाल्हीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिकाको समन्वयमा ईन्द्रेणी सामाजिक विकास मञ्च र सुनवल सामुदायिक विकास केन्द्रको आयोजना तथा युनाईटेड मिसन टु नेपालको सहयोगमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाका विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधि, विषयगत शाखाका प्रमुखहरुको सहभागिता थियो । दुवै पालिकामा सम्भावित प्रकोपको पहिचान,न्यूनीकरण, विपद् पूर्व तयारी तथा व्यवस्थापन लगायतको विषयमा सहजीकरण गरिएको युनाईटेड मिसन टु नेपालका कार्यक्रम संयोजक ईश्वर केसीले जानकारी दिनुभयो ।
विशेषगरी निर्वाचित जनप्रतिनिधिले विपद् व्यवस्थापनका लागि आवश्यक ऐन,नियमावली, योजना तथा व्यवस्थापनको जिम्मेवारीबारेको बुझाईमा एकरुपता बनाई विपद् व्यवस्थापनलाई सरल बनाउनु कार्यशालाको उद्देश्य रहेको उहाँले बताउनुभयो । दुवै पालिकाले आवश्यक ऐन, कार्यविधि तथा योजना बनाएकोले अव यसको सही कार्यान्वयन गर्न सहज हुने उहाँले बताउनुभयो । ऐनलाई समय सापेक्ष परिमार्जन र समावेशीकरण गर्न आवश्यक देखिएकोले उक्त कार्यमा पनि सहजीकरण गरिएको केसीले बताउनुभयो ।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक), पाल्हीनन्दन–४ का वडा अध्यक्ष रविन्द्रकुमार सहानी, प्रतापपुर–९ का वडा अध्यक्ष जयकिशुन चौधरी लगायतले आगामी दिनमा पालिका भित्र सम्भावित विपद् आउनै नदिने र आईहालेमा पनि प्रभावकारी ढंगले व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी लगायतको पनि सहभागिता थियो भने रामनाथ ओझाले सहजीकरण गर्नुभएको ईन्द्रेणीका नारायण भण्डारीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस