२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरसफाइ सप्ताहको अवसरमा सुनवलको कृष्णधाम परिसरमा बृहत सरसफाइ

२०८० जेष्ठ २७, शनिबार प्रकाशित ( साल अघि) ७७२ पाठक संख्या

मोहन पौडेल
परासी, २७ जेठ । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा आज पश्चिम नवलरासीको सुनवल स्थित प्रसिद्ध कृष्णधाम क्षेत्रमा सरसफाइ गरिएको छ । सुनवल नगरपालिका र सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको संयुक्त आयोजनामा कृष्णधाम क्षेत्रमा बृहत सरसफाइ गरिएको हो ।
जेठ २२ देखि २८ गतेसम्म राष्ट्रिय स्तरमै सरसफाइ सप्ताह मनाइँदै छ। सोही क्रममा सप्ताहको छैँठौँ दिन आज धार्मिक स्थलमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले वर्षको एकपटक सरसफाइ सप्ताहको बेला मात्र सफाइ गरेर वातावरण सफा नहुने भएकोले वर्ष भरि नै आआफ्नो घर आँगन सरसफाइ गर्दै छरमिेक र समाजलाई नै सरसफाइ अभियानमा प्रेरित गर्न आग्रह गर्नुभयो । प्रत्येक व्यक्तिले आफ्नो घरबाटै सरसफाइ अभियान शुरु गरेर गाउँ, समाज र नगरलाई स्वच्छ सफा राख्न निरन्तर अभियान आवश्यक रहेको बताउँदै नगर प्रमुख अर्यालले सबै नागरिकलाई सफाइ अभियानमा सरिक हुन आह्वान गर्नुभयो ।

K1

सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरे, सुनवल–४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने लगायतले सरसफाइको महत्वबारे प्रकाश पार्नुभएको थियो । सरसफाइ अभियानमा स्थानीय जनप्रतिनिधि, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, स्थानीयवासी लगायतको सहभागिता थियो ।

K2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस