२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्रामका महिलाका लागि आधारभुत व्युटी पार्लर तालिम शुरु

२०८० जेष्ठ २७, शनिबार प्रकाशित ( साल अघि) ८२२ पाठक संख्या

परासी, २७ जेठ । युवा महिलाहरुलाई उद्यमशील बनाई स्वरोजगार बनाउने उद्देश्यले पश्चिम नवलपरासीको परासीमा आधारभुत व्युटी पार्लर तालिम शुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा रामग्राम नगरपालिकाको समन्वयमा शुरु गरिएको तालिमको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले नगरका महिलाहरुको क्षमता अभिवृद्धि र सीप अभिवृद्धिमा यस तालिमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवाहारमा लागू गरि उद्यमी बन्न आग्रह गर्नुभयो । महिलाहरु सक्षम र आत्मनिर्भर नभएसम्म नगरको विकास पूर्ण नहुने भन्दै नगरपालिकाले पनि सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको मेयर यादवले उल्लेख गर्नुभयो ।
रामग्राम–३ का वडा अध्यक्ष उज्वल न्यौपानेले सीप सिकेर आयआर्जन गर्न सहभागि महिलाहरुलाई आग्रह गर्नुभयो । महिलाहरु सक्षम हुन हात हातमा सीप आवश्यक रहेको उहाँको भनाई थियो । यस तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण टेवा मिल्ने उहाँको भनाई थियो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधर पाण्डेले महिलालाई उद्यमी बनाई स्वरोजगार बनाउने प्रदेश सरकारको योजना अन्तरगत यो तालिम सञ्चालन गरिएको बताउनुभयो । एक महिनाको अवधि भएपनि तालिममा नेपाल सरकारले तोके बमोजिमकै ढाँचा र सीप प्रदान गरिने उहाँले बताउनुभयो । उहाँले तालिममा सक्रियताका पूर्वक सहभागि भई सीप सिक्न र व्यवसायिक रुपमा उद्यमी बन्ने सोचका साथ तालिममा सहभागि हुन पनि जोड दिनुभयो ।
एक महिनासम्म सञ्चालन हुने उक्त तालिममा रामग्राम नगरपालिका भित्रका २० जना युवा महिलाहरुको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर नवीन बस्यालले जानकारी दिनुभयो । सौन्दर्यकलाको आधारभूत सीपका विषयमा सौन्दर्य व्यवसायी संगिता ठढेरले प्रशिक्षण दिनुहुने बस्यालले बताउनुभयो।

Bu2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस