२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था परासीद्धारा सञ्चालित व्यवसायिक कुखुरापालन तालिम सम्पन्न

२०८० जेष्ठ २६, शुक्रबार प्रकाशित ( साल अघि) ५०७ पाठक संख्या

\
परासी, २६ जेठ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको आयोजनामा पश्चिम नवलपरासीको परासीमा व्यवसायिक कुखुरा पालन तालिम सम्पन्न भएकोे छ । उक्त वित्तीय संस्थाको परासी शाखामा आवद्ध चालिस जना सदस्यहरुलाई व्यवसायिक रुपमा कुखुरा पालनमा प्रेरित गर्न तालिम प्रदान गरिएको हो ।
गत जेठ २३ गतेदेखि सञ्चालित तालिम विहीबार समापन गरिएको हो । तालिमको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले उद्घाटन गर्नुभएको थियो । क्षेत्रीय प्रबन्धक परमेश्वर चौधरी लगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । तालिममा भेटेरेनरी सेवा केन्द्रका सुरेश प्रसाद मिश्र, विभुति सिंह, विश्वनाथ भट्टराई लगायतले प्रशिक्षण दिनुभएको थियो । सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिम समापन गरिएको थियो ।
निर्धन उत्थान लघु वित्त वित्तीय संस्था परासी शाखाकी प्रमुख सुधारानी श्रीवास्तवले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै व्यवसायिक रुपमा कुखुरा पालन गरी आर्थिक उन्नती गर्न आग्रह गर्नुभयो । उहाँले स्वर्गीय हरिहरदेव पन्तले नेपालमा विपन्न वर्गका महिलाहरुलाई सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पुर्याउन पहिलो पटक विना धितो लघु वित्तको शुरुवात गरी विपन्न व्यक्तिमा वित्तीय साक्षरता,उद्यमशील विकास तालिम, बजार र वित्तीय पहुँच एकिकृत रुपमा पुर्याई आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना गरेको बताउनुभयो ।
परासीमा भने २०५२ सालमा शाखा स्थापना भएको थियो । यस वित्तीय संस्थाको ७७ जिल्लामै शाखा सञ्जाल रहेको छ । यस संस्थाका देशभर १८६ शाखा कार्यालय,दश वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९७ वटा कार्यालयमार्फत चार लाख बढी लघुउद्यमीहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको परासी शाखा प्रमुख श्रीवास्तवले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
यस संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यहरुलाई लघु उद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरुलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप, आगलागि, बाढी पहिरो, भुकम्प, हावाहुरी प्रभावित सदस्यहरुलाई आर्थिक अनुदान, राहतका साथै सदस्य तथा सदस्यका पति छोराछोरीलाई गम्भीर प्रकृतिका रोग लागेमा आर्थिक अनुदान राहत, पाठेघरको शल्यक्रिया गरेको अवस्थामा आर्थिक अनुदान, ऋणी सदस्य तथा संरक्षकको मृत्यु हुँदा आर्थिक सहायता उपलब्ध गराउँदै ऋणको अतिभारतबाट मुक्त गराउँदै आएको जनाएको छ । संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै सदस्यहरुको आर्थिक शैक्षिक, सामाजिक,बौद्धिक विकासमा टेवा पुर्याउँदै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था परासी शाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस