२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न,सरावलको विकासमा योगदान गर्न अध्यक्ष चौधरीको आग्रह

२०८० जेष्ठ २५, बिहिबार प्रकाशित ( साल अघि) ७१४ पाठक संख्या

परासी, २५ जेठ । पश्चिम नवलपरासीको सरावलमा सञ्चालित उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । सरावल गाउँपालिकाको सहयोग र रमादेवी मिडिया प्रालि नवलपरासीको सहजीकरणमा सञ्चालित पाँच दिने तालिम बुधबार सम्पन्न भएको हो ।
तालिमको समापन गर्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गाउँपालिका भित्रका युवाहरुलाई सक्षम बनाउन तालिम आयोजना गरिएको बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा लागू गर्न आग्रह गर्नुभयो । उहाँले पत्रकारिता मार्फत सरावलको सकरात्मक विकासमा योगदान गर्न आग्रह गर्दै समाजलाई नकरात्मक दिशातर्फ लैजानबाट युवाहरुले रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरु शसक्त, सक्षम र नेतृत्व क्षमताको भए मात्र गाउँपालिकाको विकास हुने भन्दै युवाहरुको शसक्तीकरण र क्षमता अभिवृद्धिका कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्दै आएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा रुपान्तरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले पत्रकारले सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेष्ण गर्नुपर्ने बताउनुभयो । उपाध्यक्ष हरिजनले नमूना सरावल बनाने अभियानमा सहयोग गर्न युवाहरुलाई आह्वान गर्नुभयो ।
रमोदवी मिडिया प्रालिका प्रबन्ध निर्देशक मोहन पौडेलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रशिक्षक शान्ति विक, प्रशिक्षार्थीहरु बुद्धमाया कुमारी चौधरी, विष्णु भुसाल, अशोक गौतम, अन्जली हरिजन, एसके प्रजापति, कुसुम हरिजन लगायतले बोल्नुभएको थियो । पाँच दिनसम्म सञ्चालित उक्त तालिममा सरावलका सातै वडाका ४० जना युवाहरुको सहभागिता थियो भने दीपक बराल र शान्ति विकले प्रशिक्षण दिनुभएको थियो ।

3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस