२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

कर्मचारी मिलन केन्द्र नवलपरासी(पश्चिम)द्धारा प्रकाशित टेबल क्यालेण्डर विमोचन

२०८० जेष्ठ २१, आईतबार प्रकाशित ( साल अघि) ५४१ पाठक संख्या

मोहन पौडेल
परासी, २१ जेठ । कर्मचारी मिलन केन्द्र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले प्रकाशन गरेको टेबुल क्यालेण्डर विमोचन गरिएको छ। नयाँ वर्ष २०८० को उपलक्ष्यमा प्रकाशन गरिएको क्यालेण्डरको आज एक कार्यक्रमबीच कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले विमोचन गर्नुभयो ।
उक्त अवसरमा प्रजिअ अर्यालले टेबुल क्यालेण्डर प्रकाशन गर्न खटिने मिलन केन्द्रका पदाधिकारीलाई धन्यवाद व्यक्त गर्दै मिलन केन्द्रका कार्यको प्रशंसा गर्नुभएको थियो । उहाँले कर्मचारीहरुबीच आपसी सद्भाव र भातृत्व कायम गर्ने थलोको रुपमा मिलन केन्द्र रहेको बताउँदै आगामी दिनमा थप रचनात्मक कार्यहरु गर्न आग्रह गर्नुभयो । नागरिकको सेवालाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई सहज, सरल र सुलभ बनाउन पनि प्रमुख जिल््रला अधिकारी अर्यालले जोड दिनुभयो ।
कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले कर्मचारीको स्वागत, विदाई, वनभोज लगायतका कार्यक्रम गरी मिलन केन्द्रलाई सक्रिय बनाउँदै आएको र २०८० सालको टेबल क्यालेण्डर प्रकाशन मार्फत मिलन केन्द्रले रचनात्मक कार्यहरुमा पनि अघि बढ्न थालेको बताउनुभयो । उहाँले आगामी दिनमा मिलन केन्द्रले थप रचनात्मक, सिर्जनात्मक तथा सामाजिक कार्य पनि गर्ने जानकारी दिनुभयो ।
कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष एवं पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको स्वागत, मिलन केन्द्रका सचिव एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधर पाण्डेयको सञ्चालन रहेको उक्त कार्यक्रममा मिलन केन्द्रका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

K

 

K2

 

K3

 

K4

 

K5

 

K6

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस