२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

भण्डारीको नेतृत्वमा ‘पाल्ही बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघ’ गठन

२०८० जेष्ठ २०, शनिबार प्रकाशित ( साल अघि) ८२३ पाठक संख्या

परासी, २० जेठ । नवलपरासीकै पूरानो सामुदायिक क्याम्पस पाल्ही बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्याथीहरुको भेलाले ‘पाल्ही बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघ’ गठन गरेको छ ।
आज क्याम्पसमा भएको भेलाले पाल्ही बहुमुखी क्याम्पसको शैक्षिक उन्नयन र श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै रचनात्मक क्रियाकलाप गर्ने उद्देश्यका साथ पूर्व विद्यार्थी रामचन्द्र भण्डारीको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय ‘पूर्व विद्यार्थी संघ’ को तदर्थ समिति गठन गरेको हो ।
नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा बेचु गौड, उपाध्यक्षमा उत्तमा राय, महासचिवमा सञ्जय कुमार शर्मा, सचिवमा पुरुषोत्तम ढकाल,कोषाध्यक्षमा नरेश कोंहार,सह कोषाध्यक्षमा लक्ष्मी चौधरीलाई सर्वसम्मत चयन गरेको क्याम्पसका सहायक प्रमुख दीपक अर्यालले दैनिक 24 खबरलाई जानकारी दिनुभयो । यसैगरी सदस्यमा मोहन पौडेल,सन्दिप बर्मा,अरुणा पटेल,सुग्रिम यादव चयन हुनुभएको छ ।
नव गठित पूर्व विद्यार्थी संघले पाल्ही बहुमुखी क्याम्पसमा अध्ययन गरेका सबै पूर्व विद्याथीहरुलाई संगठित गरेर क्याम्पसलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्दै क्याम्पसको भौतिक विकास तथा विद्यार्थीहरुको शैक्षिक स्तरन्नोतिमा सहयोग गर्ने नवनिर्वाचित अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँले छिट्टै साधारणसभा गरेर संघलाई क्रियाशील बनाउने पनि बताउनुभयो । संघले विधान अनुसार विभिन्न स्थानमा सम्पर्क मञ्चहरू पनि विस्तार गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
क्याम्पस प्रमुख कैलाश ठाकुरले यश क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीले देश विदेशमा विभिन्न क्षेत्रमा रहेर योगदान गर्दै आएकोे र आफूले पढेको क्याम्पसको उन्नतिका लागि पनि योगदान गर्न सक्ने भएकोले पूर्व विद्यार्थीहरूलाई संगठित गरिएको बताउनुभयो । उहाँले विश्व विद्यालय अनुदान आयोगको निर्देशन अनुसार पाल्ही क्याम्पस पनि QAA कार्यक्रममा सहभागी भई गुणस्तर सुनिश्चितता कायम गर्ने प्रक्रियामा रहेको बताउनुभयो । उक्त कार्यलाई सफल बनाउन पनि पूर्व विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहने उहाँले उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस