२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरावल गाउँपालिकाले हटायो, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका घर टहरा

२०८० जेष्ठ १९, शुक्रबार प्रकाशित ( साल अघि) २१०४ पाठक संख्या

मोहन पौडेल
परासी, १९ जेठ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सार्वजनिक जग्गामा अनाधिकृत रुपमा घर टहरा बनाएर बसेकालाई हटाउन थालेको छ । पटकपटक सूचना गरी सार्वजनिक जग्गाबाट हट्न ताकेता गर्दा पनि अटेरी गरेपछि सरावल गाउँपालिकाले वडा नं.५ धनगढवामा सार्वजनिक जग्गा कब्जा गरी घर टहरा बनाएर बसेकाहरुलाई आज बल प्रयोग गरेर हटाएको हो ।
उक्त स्थानमा गाउँपालिकाले पन्ध्र शैय्याको अस्पताल बनाउँदैछ । अस्पताल निर्माणका लागि उक्त जग्गालाई तारबार गरी संरक्षण गरिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले दैनिक24 खबरलाई जानकारी दिनुभयो । संरक्षण गरिएको जग्गा भित्र घर टहरा बनाएर बसेकालाई पटकपटक सूचना गरी हट्न भनेपनि अटेरी गरेकोले आज बाध्य भएर नेपाल प्रहरीको सहयोगमा तीन वटा घरटहरा हटाएको उहाँले बताउनुभयो । दुई विघा क्षेत्रफलमा फैलिएको उक्त आठ नं.पर्तिको जग्गामा अस्पताल निर्माण कार्य आगामी आर्थिक वर्षदेखि शुरु हुने गाउँपालिका अध्यक्ष चौधरीले दैनिक24 खबरलाई बताउनुभयो ।
गाउँपालिकाले गौरवको योजनाको रुपमा अघि सार्दै अस्पताल निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । सरावलमा कुनै पनि अस्पताल नरहेकोले पनि आफ्नो ध्यान अस्पताल निर्माणमा केन्द्रीत रहेको अध्यक्ष चौधरीले बताउनुभयो । पालिका भित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकाहरुलाई क्रमशःहटाउँदै जाने गाउँपालिकाको तयारी छ । गाउँपालिकाले पालिका भित्रका सार्वजनिक जग्गा पहिचान गरी होर्डिङ् बोर्ड मार्फत जानकारी दिएर उक्त जग्गाहरुको संरक्षण गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

IMG 20230602 WA0038 IMG 20230602 WA0040 IMG 20230602 WA0044

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस