२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

गर्मी बढेपछि सुनवलका विद्यालय एक साता बन्द,अन्य पालिकामा पनि बिदा दिन नागरिक समाजको आग्रह

२०८० जेष्ठ १८, बिहिबार प्रकाशित ( साल अघि) ७१४ पाठक संख्या

परासी, १८ जेठ । अत्यधिक गर्मीका कारण पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आज सूचना जारी गरि भोलि जेठ १९ देखि २६ गतेसम्म नगरका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरि गर्मी बिदा दिएको जनाएको छ ।
गर्मीका कारण पठनपाठनमा अवरोध तथा शैक्षिक गतिविधिमा असहजता भएकोले नगर शिक्षा समितिले एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराईले जानकारी दिनुभयो ।
शैक्षिक क्यालेन्डरमा उल्लेखित गर्मी बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । हाल जारी कक्षा ११ को परीक्षा भने जारी रहने नगरपालिकाले जनाएको छ ।
यसैबीच बढ्दो गर्मीलाई मध्यनजर गर्दै जिल्लाका अन्य पालिकालाई पनि केही दिन विद्यालयको पठनपाठन बन्द गर्न नागरिक समाज नवलपरासीले आग्रह गरेको छ । अत्याधिक गर्मीका कारण विद्यार्थीहरु बिरामी पर्ने,कक्षामा न्यून उपस्थिति हुने तथा विद्यालय सञ्चालनमा असहजता देखिएकाले सुनवलले जस्तै अन्य पालिकाहरुले पनि केही दिन विद्यालयमा गर्मी बिदा दिनुपर्ने नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले सुझाव दिनुभयो ।
गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि पनि केही दिन बिदा दिनु उपयुक्त हुने उहाँले बताउनुभयो । केही दिनदेखि नवलपरासी सहित तराईमा अचाकली तापक्रम बढ्दा जनजीवन प्रभावित बनेको छ ।

1685611684398

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस