२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवल खानेपानीमा भदौ २५ भित्र धारा जडान गर्नेलाई विशेष छुट,योजना बनाएर समूहमा काम गर्छाैँ : अध्यक्ष न्यौपाने

२०८० जेष्ठ १५, सोमबार प्रकाशित ( साल अघि) ६५४ पाठक संख्या

मोहन पौडेल
परासी, १५ जेठ । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले धारा जडान शुल्कमा छुट दिएको छ । संस्थामा निर्वाचित भएर आएको नयाँ समितिको पहिलो बैठकले धारा जडान शुल्कमा छुट दिने निर्णय गरेको हो ।
संस्थाका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद न्यौपाने नेतृत्वको कार्य समितिले आज पदभार ग्रहण गरे लगत्तै बसेको पहिलो बैठकले आगामी भदौ २५ गते भित्र धारा जडान गर्ने उपभोक्तालाई रु तीन हजार छुट दिने निर्णय गरेको हो । संंस्थाले धारा जडान गर्दा रु दश हजार शुल्क लिने गरेको छ । तर आगामी भदौ २५ गते भित्र धारा जडान गरेमा रु तीन हजार छुट दिएर रु सात हजारमै धारा जडान गर्ने निर्णय गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

Kha2

 

धारा जडान शुल्क महंगो भएको गुनासो आएपछि नयाँ समितिले समय तोकेर छुट दिएको हो । दैनिक24 खबरसँग कुरा गर्दै संस्थाका नवनिर्वाचित अध्यक्ष न्यौपानले संस्थाको हितका लागि योजना बनाएर टीममा अघि बढ्ने बताउनुभयो ।
उपभोक्तालाई शुद्ध पिउने पानी उपलब्ध गराउने कार्यमै आफ्नो प्राथमिकता रहने अध्यक्ष न्यौपानेले बताउनुभयो । हाल संस्थामा रु ३६ करोडको थप आयोजना निर्माणाधिन अवस्थामा रहेकोले उक्त आयोजनाको नियमित निरीक्षण, अनुगमन गर्दै समयमै निर्माण सम्पन्न गरी उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउन नयाँ समिति लागिपर्ने उहाँको भनाई थियो ।
अध्यक्ष न्यौपानेले पानीको शुद्धता परीक्षणका लागि संस्थामै प्रयोगशाला परीक्षण गर्न सकिने गरी व्यवस्थापन गर्न लाग्ने जानकारी दिनुभयो । धारा जडानको कार्यलाई विस्तार गर्दै संस्थाको आयस्रोत बढाएर संस्थाको ऋण घटाउने कार्यमा आफूहरुको ध्यान केन्द्रीत रहने उहाँले उल्लेख गर्नुभयो ।
आफूलाई निर्वाचित गर्ने सबै मतदातालाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष न्यौपानेले आफू सबैको साझा भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत जेठ ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित संंस्थाका पदाधिकारीहरुले आजै शपथग्रहण तथा पदभार ग्रहण गरेका हुन् ।
संस्थाका निवर्तमान कार्यबाहक अध्यक्ष बलबहादुर थापाको अध्यक्षता तथा सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा निर्वाचन संयोजक रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउँदै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

Kha1

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस