२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामनगर सामुदायिक अध्ययन केन्द्र स्थापनाका लागि अन्तरक्रिया

२०८० जेष्ठ १५, सोमबार प्रकाशित ( साल अघि) ४५५ पाठक संख्या

पुनम भण्डारी(प्रशिक्षार्थी)
भूमही, १५ जेठ । पश्चिम नवलपरासीको भूमहीमा रामनगर सामुदायिक अध्ययन केन्द्र स्थापनाका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको छ । गणतन्त्र दिवसको अवसरमा वेदःसिर्जनशील संस्थाले आफ्नो छैँठौँ परिकल्पना दिवससहित अध्ययन केन्द्र स्थापनाका लागि अन्तरक्रिया गरेको हो ।
वेदः सिर्जनशील संस्थाका अध्यक्ष यमन भण्डारीको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष चुरामणि पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा भूमहीमा रामनगर सामुदायिक अध्ययन केन्द्र स्थापनाका लागि आवश्यक तयारी, पहल, सम्भावना तथा अवसरका बारेमा छलफल गरिएको संस्थाका संस्थापक अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिनुभयो ।
पठन संस्कृतिको विकास गर्ने उद्देश्यले अध्ययन केन्द्रको स्थापना गर्न पहल थालिएको उहाँले बताउनुभयो । अध्ययन केन्द्रको अनौपचारिक शुभारम्भ भईसकेको छ । संस्थाले अध्ययन केन्द्रमा अध्ययन गर्न मिल्ने गरी विभिन्न ज्ञानज्ञुनका पुस्तकहरु संकलन गरिरहेको छ । हालसम्म विभिन्न क्षेत्रका १५० बढी पुस्तक संकलन भएका छन् । हाललाई कार्ड बनाएर पुस्तकहरु घरमा लगेर अध्ययन गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ । अध्ययन केन्द्रको औपचारिक शुभारम्भ भएपछि केन्द्रमै बसेर पुस्तक अध्ययन गर्ने व्यवस्था मिलाईने संस्थापक अध्यक्ष पाण्डेले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष पौडेलले पछिल्लो समय सामाजिक सञ्जाल तथा मानिसहरुको व्यस्तताका कारण पठन संस्कृतिमा कमी आएको बताउँदै अध्ययन केन्द्रको माध्यमबाट पठन संस्कृतिलाई अगाडि बढाउन सकिने बताउनुभयो । अध्ययन केन्द्र स्थापना र सञ्चालनका लागि आवश्यक पहल गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा.श्यामप्रसाद न्यौपाने, लायन्स क्लव अफ रामनगरका अध्यक्ष बलराम चापागाई,संस्थाका संस्थापक अध्यक्ष कृष्ण पाण्डे, मानार्थ सदस्य कला डुम्रे भट्टराई, जनज्योति युवा क्लवका अध्यक्ष केशव विश्वकर्मा, दाह्री ग्याङ् नवलपरासीका अध्यक्ष प्रदीप अर्याल,संस्थाकी पूर्व अध्यक्ष रोशनी राना, संस्थापक स्वागत थापा, आजीवन सदस्य केशव भट्टराई, उपाध्यक्ष हुमा देवकोटा लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस