२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

भष्ट्राचार तथा मानव तस्करी र संसदीय ब्यवस्था बिषयक अन्तरक्रिया

२०८० जेष्ठ १३, शनिबार प्रकाशित ( साल अघि) २९६ पाठक संख्या

बर्दघाट, १३ जेठ । क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको आयोजनामा जनयुद्धको महान् सांस्कृतिक सहिद तथा जनपत्रकार कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवसको सन्र्दभमा अन्तरक्रिया कार्यक्रम शनिवार बर्दघाट–२ चिसापानीमा सम्पन्न भएको छ । कृष्ण सेन ‘इच्छुक’को २२ औँ स्मृति दिवसको अवसरमा सो पार्टीले भष्ट्राचार तथा मानव तस्करी र संसदीय ब्यवस्था बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपालका महाधिबेशन आयोजक समिति सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले भष्ट्राचारमा पोख्त भएको संसदीय दलाल ब्यवस्थाको अन्त्य गरेर नयाँ जनवादी तथा बैज्ञानिक समाजवादी ब्यवस्था ल्याउन अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले संसदीय ब्यवस्था राष्ट्रघाती जनघाती रहेको उल्लेख गर्दै यो ब्यवस्थाको अन्त्य गर्नका लागि क्रान्तिकारीहरुबीच बृहत एकता गरेर पार्टी अगाडि बढिरहेको चर्चा गर्नुभयो । नेता क्षेत्रीले दलाल संसदीय ब्यवस्थाको समुल नष्ट गरेर मात्र सहिद कृष्ण सेन तथा सबै सहिदहरु प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले संसदीय ब्यवस्था र भष्ट्रचारबीच नङ र मासुको सम्बन्ध रहेको चर्चा गर्दै जनपक्षीय लेखक पत्रकार तथा सांस्कृतिककर्मीहरुले जनतालाई संसदीय ब्यवस्थाको बिकल्पका बारेमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव दुर्गा नारायण चौधरीले भष्ट्राचारले देशलाई कलंकतर्फ लगेको बताउनुभयो ।
अर्का बक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता चुडामणी भण्डारीले जनताको संर्घषबाट मात्र भष्ट्राचारको अन्त्य गर्न सकिने बताउनुभयो । अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य तथा बरिष्ठ साहित्यकार बाबुराम मुसाफिरले जनवादी कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरु मध्येबाट कमल गुरुङ्गले अन्तरक्रियामा बिषय राख्नुभएको थियो ।
उक्त कार्यक्रममा जेष्ठ कम्युनिष्ट समेत रहनुभएका कवि मुसाफिर , दिब्यज्योति बहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा निर्वाचित अखिल क्रान्तिकारीकी नेतृ बिमला गिरीलगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला नेता गणेश बहादुर ढकालको संचालनमा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस