२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुनवलमा सञ्चालित प्रभावकारी भाषणकला तथा युवा पत्रकारिता तालिम सम्पन्न

२०८० जेष्ठ १३, शनिबार प्रकाशित ( साल अघि) ६३१ पाठक संख्या

परासी, १३ जेठ । पश्चिम नवलपरासीको सुनवलमा सञ्चालित प्रभावकारी भाषणकला तथा युवा पत्रकारिता तालिम सम्पन्न भएको छ । एक हप्तासम्म सञ्चालन भएको उक्त तालिमको आज समापन गरिएको हो ।

Ss1

सुनवल नगरपालिकाको सहयोगमा रमादेवी मिडिया प्रालि नवलपरासीको आयोजनामा भएको उक्त तालिमको समापन गर्दै सुनवल वडा नं. १ का वडा अध्यक्ष मन बहादुर थापाले यस तालिमको माध्यमबाट उत्कृष्ट वक्ता तथा पत्रकार उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । दक्ष पत्रकार बनी समाज रुपान्तरणमा योगदान गर्न उहाँको आग्रह थियो ।
वडा अध्यक्ष थापाले तालिमबाट सिकेका कुरालाई व्यवहारिक रुपमा रुपान्तरण गर्न आग्रह गर्नुभयो । कुनै पनि क्षेत्रमा स्थापित हुन धेरै संघर्ष र मिहेनत आवश्यक हुने भन्दै सिकेका कुरालाई अभ्यास गर्दै निरन्तर कर्म गर्न जोड दिनुभयो ।
रमादेवी मिडिया प्रालिका प्रबन्ध निर्देशक मोहन पौडेलको अध्यक्षता तथा वडा अध्यक्ष थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रशिक्षक दीपक बराल क्षेत्री, प्रशिक्षार्थीहरु मोहननाथ कंवर, विशेष बस्याल, विशाल पराजुली, दीपा थापा, नविना श्रेष्ठ, दिनेश पौडेल लगायतले तालिमको महत्व र प्रभावकारीताका विषयमा स्पष्ट पार्नुभएको थियो ।
सात दिनसम्म सञ्चालित उक्त तालिममा पत्रकारिताको विषयमा पत्रकार शान्ति विक र प्रभावकारी भाषणकलाको विषयमा दीपक बरालले प्रशिक्षण दिनुभएको थियो ।

Ss3 S6

तालिममा सुनवल नगरपालिका भित्रका ४५ जना युवाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

S4 S1

S2

S5

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%७%१%

प्रतिक्रिया दिनुहोस