२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रेडक्रस सोसाईटी अमरवन उपशाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

२०८० जेष्ठ ११, बिहिबार प्रकाशित ( साल अघि) ३५९ पाठक संख्या

परासी, ११ जेठ । नेपाल रेडक्रस सोसाईटी अमरवन उपशाखा नवलपरासीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । रामग्राम–१४ डैनहवामा सम्पन्न उक्त कार्यक्रमबाट २१ प्रिन्ट रगत संकलन भएको छ ।
रगतको अभाव हुन नदिन र ग्रामीण क्षेत्रमा रक्तदानको महत्वबारे सचेतना जगाउन रेडक्रस अमरवन उपशाखाले पहिलो पटक रक्तदान कार्यक्रम गरेको उपशाखाका सभापति ठागे यादवले बताउनुभयो । उहाँले रेडक्रसमार्फत मानवीय सेवा गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र प्रसाद अग्रहरीले ग्रामीण क्षेत्रमा रक्तदानको महत्व बुझाउँदै रक्तदान कार्यक्रमलाई व्यापक दिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले अझै पनि रक्तदानको विषयमा नकरात्मक भ्रम हुँदा रगत दान गर्न ग्रामीण क्षेत्रका नागरिक ईच्छुक नहुने गरेको बताउँदै रगतको महत्व र रक्तदान गर्दा हुने फाईदाको विषयमा सचेतना अभियान चलाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले रेडक्रसका सबै उपशाखालाई यस अभियान सञ्चालन गर्न आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा रामग्राम–१४ का वडा अध्यक्ष ओमप्रकाश यादव, नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवार, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्री, दैनिक24 खबरका सम्पादक मोहन पौडेल लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको नेपाल रेडक्रस सोसाईटी अमरवन उपशाखाका सचिव रविन्द्र यादवले जानकारी दिनुभयो ।सोही अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने जनता मावि डैनहवाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश पासीलाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस