२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बर्दघाटमा स्थापना हुने ट्रमा सेन्टरबारे साक्षात्कार

२०८० जेष्ठ ९, मंगलबार प्रकाशित ( साल अघि) ५९९ पाठक संख्या

बर्दघाट, ९ जेठ । सवत्र चासोको रुपमा रहेको बर्दघाट नगरपालिकामा निमार्ण हुने भनिएको ट्रमा सेन्टरका बारेमा बर्दघाट प्रेस क्लबले साक्षात्कार कार्यक्रम गरेको छ । बर्दघाट ट्रमा सेन्टरको अहिले सम्मको कानूनी प्रक्रिया, नगरका राजनीतिक दलहरुको आधिकारीक धारणा लगायतको विषयमा सरोकारवालाहरुबीच साक्षात्कार कार्यक्रम गरिएको हो ।
साक्षात्कार कार्यक्रमा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले गुम्नै लागेको ट्रमा सेन्टर बर्दघाटमा नै ल्याउन सफल भएको बताउनुभयो । यसको निर्माणका लागि बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच जग्गा ४० बर्षका लागि लिजमा लिनेगरी संझौता भएको मेयर श्रेष्ठले बताउनुभयो । आज नै राष्ट्रिय आवास कम्पनीले बर्दघाट नगरपालिका वडा नं. –२ चिसापानीमा एक विघा १० कठ्ठा जमिन छुट्टाईदिने र भोली भवन निमार्ण तथा शहरी विकासको टोली आएर प्रक्रिया अघि बढाउने उहाँको भनाई थियो । एक, दुई वर्ष सम्झौता अनुसारको रकम तिरेपनि पछि मन्त्रिपरिषद्बाट मिनाहा गर्ने गरी जग्गा सम्झौता गरिएको दाबी गर्नुभयो ।
नेपाली काँग्रेसका नगर सभापति दामोदर जि.सी.ले चिसापानीको जग्गा नगरको नाममा ल्याउने बिषयमा आफ्नो पार्टीको प्रष्ट धारणा गरेको बताउनुभयो । उहाँले हिजो चुनाव जितेर नगर परिक्रममा पछि नगर प्रमुख र उप प्रमुखले त्यही चिसापानीको जग्गाको माटो समातेर कसम खाएको स्मरण गराउदै त्यस प्रति नगर प्रमुख र उप प्रमुख जवाफदेही हुनु पर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका नगर अध्यक्ष रबिन्द्र बिक्रम हमालले अहिले ट्रमा सेन्टरको पहल पार्दशी नभएको बताउदै बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच भएको सम्झौताले कतै तिमिल्सिना कम्पनीलाई सहयोग गरेको त हैन भन्नेमा शंका उब्जिएको बताउनुभयो । उहांले बर्दघाट नगरको कुनै पनि स्थानमा ट्रमा सेन्टर बनाउन सकिने तर अन्यत्र पठाउन नहुने तर्क गर्दै त्यसका लागि आफ्ना पार्टीले गर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । नगरपालिका आफैले चिसापानीको जग्गा नगरको नाममा ल्याउनु पर्नेमा उल्टै भााडामा लिनेकुरा जायज नभएको तर्क गर्नुभयो ।
नेकपा समाजवादीका नेता शोभाखर भुषालले नेपाल सरकारको जग्गा नेपाल सरकारलाई नै भाडामा दिनेकुरा गलत भएको धारणा राख्नु भएको थियो । राप्रपाका प्रकाशजंग रायमाझीले आफ्नो जग्गालाई आफैले भाँडामा लिएर गल्ती त गरेनौ भन्ने शँका गर्ने ठाँउ छ भन्दै चिसापानीमा बन्नुपर्छ तर भााडा दिएर हैन भन्नु भएको थियो । । राष्ट्रिय स्वतन्त्र पार्टीका आकाश यादवले राम्रा कामका वारेमा समर्थन रहने तर ट्रमाको काममा भ्रष्टाचार हुने खतरा रहेको धारणा राख्दै ट्रमा सेन्टर चिसापानीमा नै रहनु पर्ने धारणा राख्नु भएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीका शेर बहादुर थापाले ट्रमा सेन्टर चिसापानीमा नै हुनु पर्ने तर जनताको सहमति अनुसार चल्नु पर्ने धारणा राख्नु भएको थियो । त्यसैगरी नेकपा क्रान्तिकारीका नेता चुडामणी भण्डारीले तिमिल्सिनाको वास्तविक कुरा के हो ? स्पष्टसंग आउनु पर्ने धारणा राख्नु भएको थियो । नेकपाका नेता गणेश पाठकले तिमिल्सिना कम्पनीलाई प्लटीङ्ग गर्न नदिएर आवासले नगरलाई जग्गा निःशुल्क उपलब्ध गराउनु पर्ने धारणा राख्नु भएको थियो ।
आज भएको साक्षात्कार कार्यक्रममा नेकपा माओवादी केन्द्रले दलको आग्रहमा सहभागिता नजनाउने जानकारी गराएको थियो भने बर्दघाट नगर उप प्रमुख रुद्रप्रकाश उपाध्यायले आफ्नो सुरक्षाको कारणले आफु कार्यक्रममा आउन नसकेको जानकारी गराउनु भएको बर्दघाट प्रेस क्लवका अध्यक्ष कृष्ण ढकालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस