२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

महिला पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

२०८० जेष्ठ ९, मंगलबार प्रकाशित ( साल अघि) ३७८ पाठक संख्या

रेनुका चौधरी
रामग्राम, ९ जेठ । पश्चिम नवलपरासीका महिला पत्रकारलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ। नेपाल पत्रकार महासंघ पश्चिम् नवलपरासीको आयोजना तथा सुनवल नगरपालिकाको सहयोगमा शुरु गरिएको तालिमको आज सुनवल नगर प्रमुख बिमला अर्यालले उद्घाटन गर्नुभयो ।
नगर प्रमुख अर्यालले पत्रकारले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले नगरको बिकासका लागि आफूहरुले गरेका कामको बारेमा पनि पत्रकारले राम्रो भए प्रशसा, नराम्रो भए कमजोरी भन्दिने तथा आवश्यक सल्लाह सुझाव दिन जोड दिनुभयो ।
सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेले पत्रकारले हुँदै नभएका कुराहरुको प्रचार प्रसार गर्नु भन्दा नगरपालिकाले गरेका, गर्न योजना बनाएका सुचना सन्देश प्रवाह गरी सत्य तथ्य कुरा जनता माझ ल्याउन अनुरोध गर्नुभयो ।
पत्रकार महासंघका अध्यक्ष हरि शर्माले जिल्लामा महिला पत्रकारको संख्या न्युन रहेको बताउनुभयो । मिडियामा आवद्ध महिला पत्रकारको क्षमता अभिवृद्धि गर्दै सक्रिय पत्रकारितामा प्रोत्साहन गर्न तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, सल्लाहकार केशव पराजुली, प्रेस चौतारीका जिल्ला अध्यक्ष मेघराज गौतम, रेशम शर्मा, सन्चारीका समुहका प्रदेश सद्स्य बिष्णु खनाल, पत्रकार ईन्दिरा बिक लगायतले शुभकामना व्यक्त गर्नुभएको महासघका जिल्ला सचिव राज कुमार रेश्मीले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने उक्त तालिममा पत्रकार सञ्जु पौडेल र ईन्दिरा अर्यालले प्रशिक्षण दिनुहुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस