२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुस्ताकी मुसहरले लिईन् ६६ वर्षमा नागरिकता

२०८० जेष्ठ १, सोमबार प्रकाशित ( साल अघि) ५६३ पाठक संख्या

परासी, १ जेठ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. १ की लक्ष्मी मुसहरले ६६ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । लक्ष्मीलाई आज ईलाका प्रशासन कार्यालय सेमरीले नेपाली नागरिकता प्रदान गरेको हो ।
उहाँलाई ईलाका प्रशासन  कार्यालय सेमरीका प्रमुख दीपेश उप्रेतीले नेपाली नागरिकता प्रदान गर्नुभएको हो । जिल्ला  प्रशासन कार्यालयको पहलमा ६६ वर्षीय मुसहरले नेपाली नागरिकता प्राप्त गर्न सफल भएको कार्यालय प्रमुख उप्रेतीले दैनिक 24 खबरलाई जानकारी दिनुभयो।
मुसहरले यसअघि नागरिकता सरहको अस्थायी निस्सा मात्र लिनुभएको थियो । तर उक्त निस्साको आधारमा सामाजिक सुरक्षा भत्ता, बैंकिङ सेवा सुविधा लगायत अन्य सुविधा प्राप्त गर्नबाट उहाँ वञ्चित हुनुहुन्थ्यो । नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि आफू निकै हर्षित भएको लक्ष्मीले बताउनुभयो ।
नागरिकता नहुँदा सुस्तामा लागू गरिएको जनता आवास कार्यक्रमबाटै वञ्चित हुनुपर्ने भएपछि आवास प्राप्तीका लागि मुसहर नागरिकता लिन प्रशासन पुग्नुभएको हो । विपन्न वर्गकी मुसहरलाई बुढेसकालमै भएपनि नेपाली नागरिकता प्रदान गर्दा खुशी महशुस गरेको कार्यालय प्रमुख उप्रेतीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस