२०८३ श्रावण २५, सोमबार
24 खबर अपडेट

सुनवल–११ मा पटेरबाट हस्तकलाका सामग्री बनाउने एक महिने सीपमूलक तालिम सञ्चालन

२०८० बैशाख २८, बिहिबार प्रकाशित ( साल अघि) ७०० पाठक संख्या

परासी, २८ वैशाख।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न.११ का स्थानीयवासीले हस्तकलाका सामग्री बनाउने सीप पाएका छन् । घरेलु तथा साना उद्योग कार्यालय परासीले पटेरबाट हस्तकला सामग्री बनाउने एक महिने तालिम दिएको हो ।

H2

 

स्थानीय कच्चापदार्थको उपयोगबाट हस्तकलाका सामग्री बनाउने सीप प्रदान गरी उद्यमी बनाउने उद्देश्यका साथ उक्त स्थानमा तालिम प्रदान गरिएको कार्यालय प्रमुख गंगाधर पाण्डेयले जानकारी दिनुभयो । उक्त तालिमबाट स्थानीय १९ महिला र एक पुरुष गरी बीस जनाले पटेरबाट हस्तकलाका विभिन्न सामग्री बनाउने सीप सिकेका छन् ।
नवलपरासीमा उत्पादन हुँदै आएका पटेरबाट बनाईने मुडा लगायतका हस्तकलाका सामग्री विदेशमा जाने गरेको र माग बढ्दै गईरहेकाले पनि यो तालिम प्रभावकारी हुने अपेक्षा गरिएको कार्यालय प्रमुख पाण्डेयले बताउनुभयो । तालिमबाट सिकेको सीपलाई उपयोग गरी उद्यमी बन्न उहाँले सहभागिहरुलाई आग्रह गर्नुभयो ।
तालिममा सफल उद्यमी कल्पी चौधरीले प्रशिक्षण दिनुभएको थियो । तालिमको आज एक कार्यक्रमकाबीच समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधर पाण्डेयको अध्यक्षता तथा सुनवल ११ का वडा सदस्य सिताराम कुमालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बाबा गोरिया सामुदायिक वन उपभोक्ता समूहका सचिव लेखनाथ ढकाल तथा प्रशिक्षार्थीहरुले समेत तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

H3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस