२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्ही क्याम्पसमा लागूऔषध दुव्र्यसनी न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

२०८० बैशाख २७, बुधबार प्रकाशित ( साल अघि) ३८४ पाठक संख्या

परासी, २७ वैशाख । लागूऔषधको दुव्र्यसनी तथा कूलत न्यूनीकरणका लागि पश्चिम नवलपरासीको रामग्राम–४ स्थित पाल्ही बहुमुखी क्याम्पसमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको आयोजना, रमादेवी मिडिया प्रालि परासीको सहजीकरण तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा आज लागूऔषध दुव्र्यसन, कूलत न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा क्याम्पसमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो भने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले सहजीकरण गर्नुभएको रमादेवी मिडिया प्रालिका प्रबन्ध निर्देशक मोहन पौडेलले बताउनुभयो ।

Pc1

डिएसपी पाण्डेले लागूऔषधको दुव्र्यसनमा किशोरकिशोरी र यूवाहरु नै बढी मात्रामा फसिरहेको बताउँदै यसको सेवनबाट हुन सक्ने असर, न्यूनीकरणका उपाय तथा कानूनी व्यवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।

Pc 2

 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले सचेतना कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्दै सभ्य समाज निर्माणमा सहयोग गर्न आह्वान गर्नुभयो । यूवाहरु लागूऔषधको दुव्र्यसन तथा कूलतमा फस्दै जाँदा भयावह स्थिति आउने भन्दै उहाँले नगरका यूवाहरुलाई त्यसस्थितिबाट रोक्न सचेतनामूलक कार्यक्रमको माध्यमबाट नगरपालिकाले अभियान चलाईरहेको बताउनुभयो । छोराछोरी दुव्र्यसनीमा फस्दा अभिभावकले धेरै पीडा खेप्नुपरेको स्थिति समाजमा रहेकोले यूवाहरुले आफ्नो उज्वल भविष्यको लागि ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

Pc3

 

क्याम्पस प्रमुख कैलाश ठाकुरले लागूऔषधको सेवन नगर्न र दुव्र्यसनमा फसेका युवालाई त्यसबाट मुक्त बनाई यसको नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । लागूऔषधकै कारण सामाजिक र पारिवारिक समस्या बढ्दै गएकोले विद्यार्थीहरुले आफूले सिकेका कुरालाई व्यवहारमा रुपान्तरण गर्दै अन्य छरछिमेकलाई पनि सचेत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
क्याम्पसका सहायक प्रमुख दीपक अर्यालले लागूऔषध दुव्र्यसनी बढ्दै गएकोले यसको अवैद्य ओसारपसार र विक्री वितरण रोक्न आवश्यक रहेको बताउनुभयो । सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताउँदै उहाँले सचेतनामूलक कार्यक्रम सञ्चालन त्यसको महत्वपूर्ण कडी भएको उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस