२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम स्तुप र पण्डितपुरमा आउने पर्यटकका लागि सांकेतिक बोर्ड राख्न नागरिक समाजको सुझाव

२०८० बैशाख २४, आईतबार प्रकाशित ( साल अघि) ४६९ पाठक संख्या

परासी, २४ वैशाख। पश्चिम नवलपरासीमा रहेका बुद्धसँग सम्बन्धित महत्वपूर्ण गनतव्यमा पर्यटकलाई पुग्न सहज हुने गरी विभिन्न स्थानमा सांकेतिक होर्डिङ बोर्ड राख्न नागरिक समाज पश्चिम नवलपरासीले माग गरेको छ । रामग्राम नगरपालिका अन्र्तगत रहेका दुई महत्वपूर्ण स्थल रामग्राम स्तूप र पण्डितपुरमा पुग्नका लागि जिल्लाबाहिरबाट आउने आन्तरिक तथा बाह्रय पर्यटकलाई गनतव्यमा पुग्न असहज भएकोले होर्डिङ बोर्डहरुको आवश्यकता देखिएको समाजले जनाएको छ ।
नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले दैनिक 24 खबरसँग कुराकानी गर्दै भगवान् गौतम बुद्धको अस्तिधातु रहेको पवित्र स्थल रामग्राम स्तुप र कोलिय गणराज्यको राजधानी एवं बुद्ध मावली (रामग्राम)पण्डितपुर भ्रमणका लागि आउने पर्यटकलाई लक्षित गरी ठाउँठाउँमा संकेत जनाउने सूचना पाटी राख्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रामग्राम स्तुप यो ठाउँमा यति किलोमिटर टाढा छ, पण्डितपुर यहाँ बाट जाने,यति किलोमिटर छ भनेर जनाउने बोर्डहरु ती स्थलमा पुग्ने बाटोमा राख्दा यहाँ आउने आन्तरिक र बाह्रय पर्यटकलाई सहज हुन्छ, यतिमात्र होईन् यहाँका नागरिकले रामग्राम स्तुप के हो, पण्डितपुर के हो ? भन्ने राम्रोसँग बुझेका छैनन्, त्यस सम्बन्धी जानकारीमूलक होर्डिङ बोर्डहरु पनि सम्बन्धीत स्थलमै राख्नु आवश्यक छ”
यहाँका जनसमुदायले यी दुवै स्थलहरुको बारेमा स्पष्ट नबुझ्दासम्म ती स्थलको प्रवद्र्धन नहुने उहाँले बताउनुभयो। अध्यक्ष सैथवारले भन्नुभयो, “पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुहरु लक्षित गरी सुनवल, भूमही, हरकट्टा, बर्दघाट लगायतका स्थानमा तथा भूमही भैरहवा सडक तथा हुलाकी सडकमा यात्रा गर्ने यात्रीलाई लक्षित गरी झरही पुल कशिया, बुद्धचोक परासी, घण्टाघर, वाईपास चोक, मन्झरिया चोक, अमहवा पुल, पोखरापाली चोक लगायतका स्थानमा रामग्राम स्तुप र पण्डितपुर जाने बाटो तथा किलोमिटर समेत उल्लेख गरी होर्डिङ् राख्न आवश्यक छ, हामीले रामग्राम नगरपालिकाका मेयर सावलाई पनि अनुरोध गरेका छौँ”
यसैगरी लुम्बिनी घुम्न जाने पर्यटकलाई लक्षित गरी लुम्बिनीमा पनि रामग्राम स्तुप र पण्डितपुरको जानकारीसहितको सूचना पाटी राख्दा त्यहाँ जाने पर्यटक यहाँ आउने भएकोले त्यसका लागि पनि पहल गर्न नागरिक समाजले आग्रह गरेको छ। प्राचीन रामग्राम स्तुप पश्चिम नवलपरासीको सदरमुकम परासीबाट तीन किलोमिटर दक्षिणतर्फ रामग्राम नगरपालिकाको वडा नं.७ उजैनी गाउँमा अवस्थित छ । भगवान् शाक्यमुनि बुद्धको महापरिनिर्वाण पश्चात तत्कालिन आठ गणराज्यहरुले आफ्नो भागमा पाएका अस्तुधातु मध्ये कोलिया गणराज्यले आफ्नो भागमा पाएको अस्तुधातु राखी रामग्राम स्तुपको निर्माण गरिएको हो ।
सम्राट अशोकले ईशापूर्व २४९ मा लुम्बिनी लगायतका बुद्ध स्थलहरुको भ्रमण गरी आठ राज्यहरुले बुद्धको अस्तुधातु राखी बनाएका स्तुपहरु उत्खनन् गरी त्यसलाई विभक्त गरी ८४ हजार स–साना स्तुपहरु बनाउने क्रममा रामग्राममा आउँदा त्यहाँका नागाराजाहरुले रोकेर अस्तुधातु उत्खनन् गर्न नदिएकोले बुद्धका आठ अस्तुधातुहरु प्रयोग गरी बनाईएका स्तुपहरु मध्ये रामग्राममा अवस्थित स्तुप मात्र पवित्र र उत्खनन् नभएको संसारकै एकमात्र स्तुपको रुपमा मानिन्छ । ईतिहासविद् डा.डब्लु होईद्धारा सन् १८९८ मा रामग्राम स्तुप पत्ता लगाईएको हो ।
यस्तै रामग्राम–१८ मा अवस्थित पण्डितपुर नेपालकै महत्वपूर्ण पुरातात्विक स्थल हो । पुरातत्व विभागका अनुसार रामग्राम स्तुपदेखि नौ किलोमिटर उत्तर पश्चिममा रहेको यस स्थानमा सन् २००२ मा पुरातत्व विभागका पुरातत्वविद् शुक्रसागर श्रेष्ठले प्रारम्भीक उत्खनन् गर्नुभएको थियो भने सन् २०१२ देखि ्र२०१५ सम्म पुनः उत्खनन् गरिएको थियो ।
उत्खनन्को क्रममा प्राप्त सांस्कृतिक तह प्राचीन संरचना र महत्वपूर्ण पुरातात्विक वस्तुहरुको प्राप्तीले यो ठाउँ लुम्बिनी र कपिलवस्तुको समकालिन भएको पुष्टि गरेको छ। करिब ६० विघा क्षेत्रफलमा फैलिएको यो ठाउँलाई उत्खनन्मा संलग्न पुरातत्वविदहरुले प्राचीन कोलिया गणराज्यको राजधानी अर्थात बुद्ध मावली भएको प्रमाण फेला पारेका छन् । यद्यपी सरकारले यो स्थललाई औपचारिक रुपमा बुद्ध मावली घोषणा गरेको छैन् । यहाँका स्थानीयवासीले यस स्थललाई तत्काल कोलिय गणराज्यको राजधानी एवं बुद्ध मावली घोषणा गर्न माग गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस