२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

प्रेस युनियन पश्चिम नवलपरासीको अध्यक्षमा उमेश

२०८० बैशाख २३, शनिबार प्रकाशित ( साल अघि) ४१२ पाठक संख्या

परासी ,२३ बैशाख  । नेपाल प्रेस युनियन पश्चिम नवलपरासीको अध्यक्षमा उमेश कुमार बि.क चयन हुनु भएको छ ।
युनियनको आज सरावलमा सम्पन्न ११ औं जिल्ला अधिवेशनले अध्यक्षमा बि.क सहित १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

1683389265100

जसको उपाध्यक्ष खुल्लामा सञ्चिव कोइराला र समावेशी उपाध्यक्षमा सद्दाम हुसैन अन्सारी, सचिवमा अनिल यादव,  सहसचिवमा शुशिला पाण्डे, कोषाध्यक्षमा श्याम बुचा मगर र सह काेषाध्यक्षमा नन्दु यादव सर्वसम्मत चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा पुजा लम्साल, राज चौधरी, श्याम बन्दन हरिजन, सिकेन्द्र सहानी, सहबान मिया, ज्ञानेश्वर सहानी, रन्जित लाेहार, सञ्जय कुशवाहा र हृदेश गुप्ता रहनु भएको छ ।
प्रेश युनियनका जिल्ला अध्यक्ष  पुरुषोत्तम सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कलवारले इमान्दारी र निष्ठा पूर्वक पत्रकारिता गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा युनियनका लुम्बिनी प्रदेश महासचिव नवीन गिरि , पत्रकार महासँघ प्रदेश महासचिव बिक्रम खड्का ,पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि शर्मा, प्रेस युनियन प्रदेश सदस्य रवीन चापागाईं, पूर्व अध्यक्ष अनिल यादव,आर पि उपाध्याय  लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस