२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

जनता आधारभूत विद्यालय हरकट्टामा गैरे परिवारबाट छात्रवृत्ति कोष हस्तान्तरण

२०८० बैशाख २३, शनिबार प्रकाशित ( साल अघि) ६८८ पाठक संख्या

परासी, २३ वैशाख । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न.. १२ हरकट्टास्थित जनता आधारभूत विद्यालयमा छात्रवृत्ति कोष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हरकट्टा निवासी कमलकान्त गैह्रे तथा परिवारले आफ्नी आमाको चौरासी पुजाको अवसर पारेर आफ्नै गाउँको विद्यालयमा छात्रवृत्ति स्थापना गर्नुभएको हो ।

Llll

 

गैह्रेले विद्यालयलाई रु बीस हजार ५५५ बराबरको विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष हस्तान्तरण गर्नुभएको हो । विद्यालयको तर्फबाट विद्यालय संयोजक मदन सुवेदीले उक्त कोष ग्रहण गर्नुभएको थियो । थोरै भएपनि गाउँकै सरकारी बिधालयलाई सहयोग होस् भन्ने हेतुले समस्त परिवारसहित पुजा कार्यक्रमको बीचमै आएर विद्यालयलाई उक्त छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरेको दाता कमलकान्त गैरेले बताउनुभयो ।
विधालय संयोजक मदन सुवेदीले विद्यालयमा अध्यन गर्ने बालबालिकालाई उक्त अक्षयकोषको ब्याज बाट वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने जानकारी दिनुभयो। विधालयमा अक्षयकोष स्थापना गर्नेको संख्या बढीरहेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस