२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

प्रगतिशील साकोसद्धारा सदस्यहरुलाई सहकारी शिक्षा प्रदान

२०८० बैशाख २३, शनिबार प्रकाशित ( साल अघि) ५३४ पाठक संख्या

मोहन पौडेल
परासी, २३ वैशाख । प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । सुनवल नगरपालिका वडा नं. ९ स्वाठीमा कार्यालय रहेको यस सहकारीले सदस्यहरुलाई सहकारी सम्बन्धी शिक्षा दिने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
स्वाठीस्थित रिवर्न होटलमा भएको उक्त कार्यक्रममा सहकारीका करिब २५० शेयर सदस्यहरुको सहभागिता थियो । सहकारीका आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा,बचत र ऋणको कारोबार, सहकारी नीति, नियम, कानून लगायतका विषय जानकारी दिन एक दिनको सहकारी शिक्षा कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष तुलसी कुमारी कुँवरले जानकारी दिनुभयो ।
संस्थाको स्थापना र उद्देश्यबारे जानकारी गराउँदै अध्यक्ष कुँवरले सहकारीले सदस्यहरुको हितमा समान ढंगले सेवा प्रदान गरिरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले सदस्यहरुको आर्थिक, सामजिक, शैक्षिक समस्या समाधान गर्न सहकारी स्थापना भएको बताउनुभयो ।
सहकारी संस्था सञ्चालक समितिको मात्र नभई सदस्यहरुले पनि आफू मालिक हो भन्ने कुरा विर्सन नहुनेमा उहाँले जोड दिनुभयो । पछिल्लो पटक केही सहकारीमा वेथिति हुँदा सहकारीको बदनाम भईरहेको उल्लेख गर्दै उहाँले सहकारीका सञ्चालकहरुको बारेमा बुझेर मात्र सहकारीमा आवद्ध हुन आग्रह गर्नुभयो ।
प्रगतिशील साकोसका पूर्व अध्यक्ष रामचन्द्र भण्डारीले यस सहकारीले सदस्यहरुको हितसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामजिक क्रियाकलाप पनि गर्दै आएको बताउनुभयो । सहकारी शिक्षाको कमी हुँदा सहकारी अघि बढ्न नसक्ने भएकोले आफ्ना सदस्यलाई सहकारी सम्बन्धी प्रर्याप्त ज्ञान हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
संस्थाका सल्लाहकार चुडामणि खनालले संस्थाको उद्देश्य र वित्तीय अवस्थाबारे जानकारी गराउँदै सहकारीमा हाल ९६० जना शेयर सदस्य रहेको र वार्षिक कारोबार आठ करोड ३९ लाख २७ हजार बराबर रहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले सहकारीको अर्थ, सिद्धान्त र कार्य,सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बचत,ऋण र नाफा वितरण एवं बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले सहकारीको कानून र विनियमको विषयमा सहजीकरण गर्नुभएको थियो । उक्त अवसरमा प्रशिक्षक बुद्धप्रकाश पौडेल, सस्थाका उपाध्यक्ष मुक्तिराम पराजुली, सचिव भवानी शंकर ज्ञवाली लगायतले पनि सहकारीको महत्वबारे प्रष्ट पार्नुभएको संस्थाकी व्यवस्थापक विन्दु पौडेल न्यौपानेले जानकारी दिनुभयो ।

Pp2 Pp3 Pp4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस