२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

मनकारी राकेश हरिजन- बिरामी बोक्न र पालिकालाई आफ्नो निजी गाडी दिने घोषणा

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) ७४३ पाठक संख्या

परासी, ५ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका एक युवाले आफूले चढ्दै आएका दुईवटा गाडी बिरामी बोक्न र पालिकालाई आवश्यक परेको बेलामा उपलब्ध गराउने घोषणा गरेका छन् ।
नयाँ भेरियन्ट सहितको कोरोनो संक्रमण बढ्दै जाँदा बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्सको अभाव रहेकोले आफूले उक्त घोषणा गरेको प्रतापपुर- ४ हरकपुराका राकेश हरिजनले बताउनुभयो ।
हरिजनले आफूसँग रहेको मारुती कार र स्कार्पियो पालिका भित्रका बिरामी बोक्न र पालिकालाई आवश्यक परेको बेला चालक सहित उपलब्ध गराउन चाहेको लिखित पत्र गाउँपालिकालाई प्राप्त भएको कार्यबाहक गाउँपालिका अध्यक्ष अञ्जु चौधरीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
प्रतापपुर सहित जिल्लाभर पछिल्ला दिनमा कोरोनाका बिरामी दैनिक बढिरहेका छन् । स्वासप्रश्वासमा समस्या भएका तुरुन्तै अस्पताल जानुपर्ने बिरामीले एम्बुलेन्स नपाएर ज्यान गुमाउनु परेको छ।
पालिकामा संक्रमित बिरामीलाई बोक्न एम्बुलेन्स अभाव भएपछि प्रतापपुर गाउँपालिकाकि कार्यबाहक अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चढ्दै आएका दुईवटा गाडीलाई पनि एम्बुलेन्स बनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस