२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुस्ताको रुपौलिया र पक्लिहवा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु

२०८० बैशाख २०, बुधबार प्रकाशित ( साल अघि) ३४६ पाठक संख्या

परासी, २० वैशाख । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको दुई स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सेवा संचालनमा आएको छ । सुस्ता गाउँपालिकाको वडा नं. १ स्थित रुपौलिया स्वास्थ्य चौकी र वडा नं. ५ स्थित पक्लिहवा स्वास्थ्य चौकीमा आजदेखि ल्याब सेवा (प्रयोगशाला) सेवा शुरु गरिएको हो ।
दुवै स्थानमा स्थापना गरिएको प्रयोगशालाको सुस्ता गाँउपालिकाका अध्यक्ष टेक नरायण उपाध्यायले आज शुभारम्भ गर्नुभएको हो । आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुलभ र सहज रुपमा पुर्याउन सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।
सानो स्वास्थ्य समस्या समाधान गर्न पनि सदरमुकाम परासी सम्म धाउनुपर्ने बाध्यता हटाउन स्वास्थ्य सेवा विस्तार गर्दै लगिएको पालिका उपाध्यक्ष गीता चौधरीले बताउनुभयो । गाउँकै स्वास्थ्य चौकीमा सुरु गरिएको ल्याब सेवाले यहाँका नागरिकलाई ठुलो राहत पुग्ने उपाध्यक्ष चौधरीको विश्वास छ ।
गाउँपालिकामा ल्याब सेवा नहुँदा सेवाग्राही सदरमुकाम परासीसम्म धाउनुपर्ने बाध्यता थियो । अव स्थानीय वडाबाटै ल्याब सेवा शुरु भएपछि यहाँका नागरिकलाई सहज भएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले बताउनुभयो । उक्त ल्याब सेवाबाट सुगर, हेमो ग्लोबिन ,मलेरिया , एच आइ भी, हेपाटाइटिस, युरिक एसिड, दिसा पिसाब र रगत परिक्षण गरिने पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस