२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासी जिल्ला अदालत बार एकाईले थाल्यो साताव्यापी दबाबमूलक कार्यक्रम

२०८० बैशाख १७, आईतबार प्रकाशित ( साल अघि) ४१७ पाठक संख्या

मोहन पौडेल
परासी, १७ वैशाख । नेपाल बार एसोसिएसन नवलपरासी जिल्ला अदालत बार एकाई समितिले दबाबमूलक कार्यक्रम शुरु गरेको छ। प्रधानन्यायधिश नियुक्ती लगायत न्यायपालिकामा देखिएका विकृति विरुद्ध आजदेखि सप्ताहव्यापी दबाबमूलक कार्यक्रम थालनी गरिएको बारले जनाएको छ ।
सर्वाेच्च अदालतका प्रधानन्यायधिश नियुक्ती गर्न,न्यायपालिकामा देखिएको विकृति र विसंगतिको अन्त्य, पूर्ण स्वचालिन पेशी व्यवस्थापन प्रणालीद्धारा तोक्ने प्रक्रियाको थालनी लगायत माग राखी आजदेखि एक हप्तासम्म दबाबमूलक कार्यक्रम शुरु गरिएको नेपाल बार एसोसिएसन नवलपरासीका अध्यक्ष वरिष्ठ अधिवक्ता धन जैसी शर्माले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
द्यबाबमूलक कार्यक्रम अन्र्तगत प्रत्येक दिन दिउँसो साढे एक बजेदेखि साढे दुई बजेसम्म प्ले कार्डसहित ध्यानाकर्षण गराईने उहाँले बताउनुभयो । “समग्र न्यायपालिकामा रहेका भ्रष्ट्राचार, विकृति, विसंगतिको अन्त्य तथा न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि हाम्रो दबाबमूलक अभियान हो, यो अभियानले न्यायपालिकामा सुधार, प्रधानन्यायधिश र अन्य न्यायधिशको नियुक्ती अविलम्ब हुने अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो ।
सर्वाेच्च अदालका प्रधानन्यायधीस नियुक्ती समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगी न्यायपालिकाप्रति जनआस्था खस्कीन लागेको अध्यक्ष शर्माले दाबी गर्नुभयो । देशभरका अदालतमा पनि रिक्त न्यायधीसको पदपूर्ति नहुँदा सेवाग्राहीले संविधानद्धारा प्रत्याभूत स्वच्छ न्याय पाउने हकबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो। दबाबमूलक कार्यक्रम एक हप्तासम्म जारी रहने बारले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस