२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पार्टी अध्यक्ष ओलीमाथि आक्रमण प्रयासको घटनाप्रति राष्ट्रिय युवा संघ नवलपरासीको विरोध

२०८० बैशाख १७, आईतबार प्रकाशित ( साल अघि) ४४७ पाठक संख्या

परासी, १७ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली माथि कोशी प्रदेशको झापा लगायत विभिन्न स्थानमा भईरहेको आक्रमणको घटनाप्रति राष्ट्रिय युवा संघ नेपाल पश्चिम नवलपरासीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी अध्यक्ष माथि भएको अपराधिक क्रियाकलाप अन्त्य नभए चरणबद्ध आन्दोलनमा होमिने युवा संघले चेतावनी दिएको छ । राष्ट्रिय युवा संघ नवलपरासीका अध्यक्ष ज्ञान प्रसाद पाठक(सन्तोष) र सचिव विनोद पुनद्धारा जारी विज्ञप्तीमा उक्त घटनाको घोर विरोध एवं भत्र्सना गरिएको छ ।
घटनामा संलग्न दोषिहरुलाई यथाशीध्र पक्राउ गरी कानून कारवाही गर्न युवा संघले माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र जनजीवनको आन्दोलनमा आफ्नो सिंगो जीवन अर्पण गर्नुभएका समृद्ध नेपाल, सुखी नेपालीका नायक माथि अलोकतान्त्रिक तवरले हमला गर्नु नेपाली जनताको सपना माथिको गम्भीर प्रहार हो, यस्ता किसिमका अमर्यादीत क्रियाकलाप नियन्त्रण गराई आम जनतामा शान्ति सुरक्षाको प्रत्याभूति गराउन, अपराधिक झुण्डहरुलाई यथाशीघ्र पक्राउ गरी कानूनी कारवाहीका लागि जोडदार माग गर्दछौँ”

Yyy

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस