२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लागूऔषध नियन्त्रण र न्यूनीकरणका लागि अभियान चलाउन यूवाहरुलाई रामग्रामका मेयर यादवको आह्वान

२०८० बैशाख १४, बिहिबार प्रकाशित ( साल अघि) ४४४ पाठक संख्या

परासी, १४ वैशााख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख(मेयर) धनपत यादवले लागूऔषध नियन्त्रण र न्यूनीकरणका लागि अभियान चलाउन यूवाहरुलाई आह्वान गर्नुभएको छ । लागूपदार्थको दुव्र्यसन,ओसारपासर र कूलत समाजमा भूसको आगो जस्तै सल्कीरहेकोले भन्दै मेयर यादवले यसको नियन्त्रणमा यूवाहरु जागरुक हुनुपर्ने बताउनुभयो ।
रामग्राम नगरपालिकाको सहयोगमा रमादेवी मिडिया प्रालि नवलपरासीको आयोजनामा आजदेखि परासीमा शुरु भएको लागूऔषध दुव्र्यसन,कूलत न्यूनीकरणका लागि सचेतना कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख यादवले उक्त कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “बढ्दो लागूपदार्थको घटनाहरुले सामाजिक र पारिवारिक समस्या बढीरहेका छन्,स्वयम् यूवाहरुको अभियानले यसलाई नियन्त्रण गर्न सकिन्छ, सरकारका निकाय वा सुरक्षा निकायले मात्र रोकेर यो सम्भव छैन्, तपाई यूवाहरुले अभियान चलाउनुस्, तपाईहरुको अभियानमा साथमा साथ दिन हामी तयार छौँ”
लागूऔषध प्रयोग गर्दा क्षणिक आनन्द मिल्ने तर यसले दीर्घकालसम्म अभिभावक र समाजलाई नकरात्मक असर पर्ने भन्दै नगर प्रमुख यादवले दुव्र्यसनमा फसेका यूवालाई कानूनी प्रक्रियाबाट मात्र सुधार गर्न नसकिने भएकोले समाजका अगुवा र यूवाहरुले सुधारको लागि अभियान चलाउन आवश्यक रहेको बताउनुभयो । खुल्ला सीमानाका कारण लागूऔषधको ओसारपसार र दुव्र्यसन नियन्त्रण गर्न चुनौती रहेपनि सबै मिलेर अभियान चलाएमा न्यूनीकरण हुन सक्ने नगर प्रमुख यादवको भनाई थियो ।
यस्तै नगर उपप्रमुख सम्झना चौधरीले सभ्य समाज निर्माणमा यूवाकै भूमिका अहम हुने भएकोले कूलतमा नभई समाजमा उदाहरणीय काम गरेर प्रेरणाको स्रोत बन्न यूवाहरुलाई आग्रह गर्नुभयो । आफूलाई नपर्दासम्म यसको पीडा महशुस नभएपनि दुव्र्यसनीमा फस्दै गएका यूवालाई समयमै सुधारको पहल नगरे व्यक्ति, परिवार र समाजले नै पीडा भोग्नुपर्ने भन्दै बेलैमा सचेत हुन उपमेयर चौधरीले जोड दिनुभयो । उहाँले आफूले सिकेका कुरालाई व्यवहारमा उत्तार्दै अन्य यूवाहरुलाई पनि सचेत बनाउन आग्रह गर्नुभयो ।

Lagu 2

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले प्रशिक्षण दिँदै लागूऔषध, यसको प्रयोग, असर, न्यूनीकरणका उपाय, कानूनी प्रावधान लगायतका विषयमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा नगर भित्रका यूवाहरुको सहभागिता रहेको रमादेवी मिडिया प्रालिका प्रबन्ध निर्देशक मोहन पौडेलले बताउनुभयो ।

Lagu 3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस