२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नेत्र ज्योति संघ नवलपरासीको सभापतिमा कण्डेल

२०८० बैशाख ९, शनिबार प्रकाशित ( साल अघि) २६९ पाठक संख्या

परासी, ९ वैशाख । नेपाल नेत्र ज्योति संघ पश्चिम नवलपरासी शाखाको सभापतिमा पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कण्डेल चयन हुनुभएको छ । संघको शुक्रबार भएको ३२ औँ बार्षिक साधारणसभा तथा नौँ अधिवेशनबाट कण्डेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।
अधिवेशनले संघको कार्यसमितिमा डा. संजय कुमार कर्ण , अनिल कुमार उपाध्याय ,गोपाल प्रसाद शर्मा , अमर चन्द्र अग्रवाल ,लक्ष्मी नारायण गुप्ता ,कृष्ण प्रसाद लामिछाने ,दामोदर शर्मा , राज नरेश दास , केशव शर्मा ढुङ्गाना ,सुरेन्द्र जि.सी. तथा महिला सदस्यमा डा. बानिरा कार्की (कडेल) र चन्दा सिंह जि.सी.लाई चयन गरेको हो ।
नेपाल नेत्र ज्योति संघ नवलपरासीकी निवर्तमान सभापति मन्जु कण्डेलको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य बिनोद चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस